• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रसुवा बाढीपीडितका लागि कर्णालीले २ करोड दिने

४८ मिनेट अघि
२

रसुवा बाढीमा ९८७ जनाको मृत्यु, ३,९१६ जना सम्पर्कविहीन, ११ हजारभन्दा बढीको उद्धार

१ घण्टा अघि
३

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह , रवीन्द्र शिवाकोटी रजिस्ट्रारमा नियुक्त

१ घण्टा अघि
४

भोटेकोशी बाढी : एउटै घरमा भेटिए २४ शव

२ घण्टा अघि
५

सडकको दयनीय अवस्थाले राहत सामग्री प्रभावितसम्म पुर्‍याउनै कठिन

२ घण्टा अघि
६

आपत्कालीन सहयोगका लागि हानी नोक्सानी कोषसँग नेपाल सरकारको आग्रह

२ घण्टा अघि
७

बाढीपछि हेटौँडा–काठमाडौँ चल्ने गाडीका लागि नयाँ रुट तय

२ घण्टा अघि
८

भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक बस्दै

२ घण्टा अघि
९

नेपाल टेलिकमले थप चार साइट सञ्चालनमा ल्यायो, १२० मध्ये ११० साइट सुचारु

१९ घण्टा अघि
१०

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच बाढी प्रभावित क्षेत्रबारे छलफल

२0 घण्टा अघि
११

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

२0 घण्टा अघि
१२

रसुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलबार (२ घण्टा अघि)

आपत्कालीन सहयोगका लागि हानी नोक्सानी कोषसँग नेपाल सरकारको आग्रह

  • 533 Views
  • काठमाडौँ । नेपाल सरकारले भोटेकोशी नदी बेसिनमा आएको विनाशकारी बाढीबाट भएको व्यापक जनधनको क्षतिपछि अन्तर्राष्ट्रिय हानी नोक्सानी कोषसँग आपत्कालीन वित्तीय सहायता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समितिका सह–अध्यक्षहरूलाई सम्बोधन गर्दै सरकारले आज औपचारिक पत्र पठाएको हो। बाढीबाट भएको क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै कोषको विशेष बैठकमार्फत तत्काल सहयोग उपलब्ध गराउने निर्णय गर्न पत्रमा आग्रह गरिएको छ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा प्रवक्ता डा. महेश्वर ढकालका अनुसार सरकारले बाढीलाई उच्च हिमाली क्षेत्रबाट उत्पन्न भएको चरम जलवायुजन्य विपद्का रूपमा उल्लेख गर्दै तत्काल, प्रत्यक्ष र प्रभावकारी सहायता उपलब्ध गराउन कोषसँग अनुरोध गरेको हो।

    मन्त्रालयमा आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा ढकालले बाढीबाट भएको क्षतिको प्रारम्भिक आकलन नेपालको आन्तरिक स्रोत तथा तत्काल सम्बोधन गर्ने क्षमताभन्दा निकै ठूलो रहेको बताए। कोषको नियमित बोर्ड बैठक आगामी डिसेम्बरमा तय भए पनि विपद्को तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न उक्त समय निकै ढिलो हुने भएकाले विशेष निर्णयमार्फत अहिले नै आपत्कालीन सहायता उपलब्ध गराउन आग्रह गरिएको उनको भनाइ छ।

    सरकारले पठाएको पत्रमा भोटेकोशी बाढीले संवेदनशील अन्तरदेशीय हिमाली नदी प्रणालीमा गम्भीर प्रभाव पारेको र त्यसका असर बाढी प्रभावित क्षेत्रभन्दा टाढासम्मका तल्लो तटीय समुदायमा समेत फैलिएको उल्लेख गरिएको छ। खोज, उद्धार, राहत तथा द्रुत क्षति मूल्याङ्कनको काम जारी रहेको भन्दै आर्थिक तथा गैरआर्थिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि प्रारम्भिक तथ्यांकले विपद्को असर गम्भीर रहेको देखाएको पत्रमा उल्लेख छ।

    सरकारले बाढीबाट खानेपानी, खाद्य सुरक्षा, ऊर्जा, स्वास्थ्य, पूर्वाधार, पारिस्थितिकीय प्रणाली तथा समग्र मानव सुरक्षामा बहुआयामिक असर परेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा हुने जलवायुजन्य परिवर्तन र त्यसबाट उत्पन्न जोखिम कसरी छोटो समयमै घना बस्ती रहेका तल्लो तटीय क्षेत्रमा फैलिन सक्छ भन्ने उदाहरणका रूपमा भोटेकोशीको विपद्लाई प्रस्तुत गरिएको छ।

    पत्रमार्फत नेपालले जलवायु न्यायको विषयसमेत उठाएको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य रहे पनि जलवायु परिवर्तनका असमान तथा गम्भीर प्रभाव नेपालले निरन्तर भोगिरहेको सरकारको भनाइ छ।

    विपद्को असाधारण गम्भीरता र व्यापकतालाई ध्यानमा राख्दै कोषको कार्यविधिअनुसार विशेष निर्णयमार्फत द्रुत, प्रत्यक्ष र प्रभावकारी सहायता उपलब्ध गराउन सरकारले आग्रह गरेको छ। तत्काल प्राप्त हुने सहयोगबाट प्रभावित नागरिकको सुरक्षा, अत्यावश्यक सेवा पुनःस्थापना तथा थप मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा सरकारको छ।

    संकटको समयमा नेपाललाई तत्काल सहयोग उपलब्ध गराएर हानी नोक्सानी कोषले जलवायु जोखिममा रहेका मुलुकप्रति अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गर्न सक्ने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ।

    नेपाल सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन, आधिकारिक तथ्यांक, भू–उपग्रहबाट प्राप्त विवरण तथा क्षेत्रगत क्षतिको जानकारी कोषलाई उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। साथै, सहायता परिचालन तथा समन्वयलाई सहज बनाउन कोषको सञ्चालक समितिलाई तत्काल सम्पर्क अधिकृत (फोकल प्वाइन्ट) तोक्नसमेत आग्रह गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रसुवा बाढीपीडितका लागि कर्णालीले २ करोड दिने
    ४८ मिनेट अघि

  • २

    रसुवा बाढीमा ९८७ जनाको मृत्यु, ३,९१६ जना सम्पर्कविहीन, ११ हजारभन्दा बढीको उद्धार
    १ घण्टा अघि

  • ३

    त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह , रवीन्द्र शिवाकोटी रजिस्ट्रारमा नियुक्त
    १ घण्टा अघि

  • ४

    भोटेकोशी बाढी : एउटै घरमा भेटिए २४ शव
    २ घण्टा अघि

  • ५

    सडकको दयनीय अवस्थाले राहत सामग्री प्रभावितसम्म पुर्‍याउनै कठिन
    २ घण्टा अघि

  • ६

    आपत्कालीन सहयोगका लागि हानी नोक्सानी कोषसँग नेपाल सरकारको आग्रह
    २ घण्टा अघि

  • ७

    बाढीपछि हेटौँडा–काठमाडौँ चल्ने गाडीका लागि नयाँ रुट तय
    २ घण्टा अघि

  • ८

    भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक बस्दै
    २ घण्टा अघि

  • ९

    नेपाल टेलिकमले थप चार साइट सञ्चालनमा ल्यायो, १२० मध्ये ११० साइट सुचारु
    १९ घण्टा अघि

  • १०

    प्रधानमन्त्री शाह र रवि लामिछानेबीच बाढी प्रभावित क्षेत्रबारे छलफल
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कालो चस्मा लगाएर संसद् बैठकमा बस्ने प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण रिपोर्ट सचिवालयमा

    नेपाल नक्सा
    २

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    ३

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ४

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ५

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकले बोलायो २०औँ वार्षिक साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution