
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन काम भइरहेको जानकारी दिएका हुन्।
पहिरोको दुवै छेउबाट १८ जना कामदार परिचालन गरी सडकमा रहेका रुख काट्ने काम भइरहेको छ। पहिरो हटाउन आवश्यक डोजरलगायत निर्माण उपकरण पनि दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्री लम्सालले बताएका छन्।
रुख काट्ने काम सकिएलगत्तै निर्माण उपकरण प्रयोग गरेर पहिरो हटाउने काम सुरु गरिनेछ। यात्रु तथा सवारीसाधनलाई सहज बनाउन सडक छिटो सञ्चालनमा ल्याउने उद्देश्यले कामलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ। पहिरोका कारण प्रभावित सडक खुलाउन आवश्यक सबै तयारी पूरा गरेर काम तीव्र बनाइएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे