
काठमाडौँ– भोटेकोशी बाढी आएको ११ दिनपछि बेत्रावती बजारमा एक महिलाको जीवितै उद्धार गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार आनन्द श्रेष्ठकी पत्नी चण्डिका श्रेष्ठलाई उनीहरूकै चारतले घरको चौथो तलाबाट उद्धार गरिएको हो। उद्धारका क्रममा उनी अचेत अवस्थामा थिइन्।
उद्धार टोलीले महिलाको आवाज सुनेपछि उनी रहेको ठाउँ पत्ता लगाएर उद्धार गरेको थियो। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे