
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ भनेका छन्। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पुगेको अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै उनले उक्त दिन भएको हिंसा, आगजनी र तोडफोडका कारण यस्तो दिनका रूपमा सम्झनुपर्ने बताएका हुन्।
प्रचण्डले आफूहरू न गोली चलाउने पक्षमा रहेको र न सिंहदरबार जलाउने पक्षमा रहेको स्पष्ट पारेका छन्। जेन–जी आन्दोलनका नाममा आफ्नो पार्टी र नेतृत्वमाथि भएको आक्रमणलाई सामान्य घटना मान्न नसकिने उनको भनाइ छ।
उनले आन्दोलनका क्रममा भएको हिंसा र विध्वंसबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। आन्दोलन किन दबाइयो, कसले हिंसा भड्कायो र त्यसबाट कसले फाइदा लियो भन्ने कुरा पत्ता लगाउनुपर्ने उनले बताएका छन्। उनका अनुसार आन्दोलन सुरुमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको आवाज र युवाको भविष्यको चिन्ताबाट प्रेरित थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे