
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण कार्यक्रम हुनेछ।
उनले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन्।
यसअघि सभापति गगन थापाले भने शपथ ग्रहण गरिसकेका छन्। अब अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिएपछि नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछ।
पार्टीको नयाँ नेतृत्वले आगामी दिनमा संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषयमा पनि कार्यकर्ता र समर्थकको चासो रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे