
काठमाडौँ । भुटानको उत्तरी क्षेत्रमा रहेको प्रसिद्ध प्राकृतिक तातोपानी कुण्ड ‘गसा छाचु’मा हिमतालको बाँध फुटेर आएको बाढीले ठूलो क्षति पुर्याएको छ। शिन्ताफु हिमतालको बाँध फुटेपछि आएको बाढीले तातोपानी कुण्डका संरचना, पुल र सडक बगाएको हो।
भुटानी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहानसम्म घटनामा कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर छैन। बाढी आउनुअघि नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
रातिको समयमा आएको बाढी निकै शक्तिशाली भएकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन। बाढीले दुईवटा अस्थायी पुल बगाएको आशङ्का गरिएको छ। साथै, लाया गाउँ जाने सडकको केही भाग बगाएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।
यसअघि सन् २०२१ मा पनि मोछु नदीमा आएको बाढीले गसा छाचु क्षेत्रमा क्षति पुर्याएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे