
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज फुलकोर्ट बैठक बोलाएका छन्। नियमित इजलास सुरु हुनुअघि बस्ने बैठकमा पछिल्लो समय चर्चामा रहेको न्यायालयसँग जोडिएको बिचौलिया प्रकरणबारे छलफल हुन सक्ने बताइएको छ।
केही समयदेखि प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएका समाचार सार्वजनिक भइरहेका छन्। यस विषयमा दुवै न्यायाधीशले आफूहरू कुनै गलत गतिविधिमा संलग्न नरहेको भन्दै विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्।
यता, न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्रै नभई अन्य न्यायाधीशहरूले पनि सामूहिक रूपमा भेट गरेको बताएका छन्। उनको यो भनाइपछि न्यायालयभित्र थप चर्चा र चासो बढेको छ। आजको फुलकोर्ट बैठकमा यस विषयले प्रवेश पाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे