
काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ। कम्पनीले खुला तथा समावेशी प्रतिस्पर्धामार्फत कर्मचारी नियुक्त गर्न आवेदन खुलाएको हो।
नेपाल टेलिकमले प्राविधिक र प्रशासनिक दुवै क्षेत्रमा तेस्रोदेखि नवौँ तहसम्मका कर्मचारी माग गरेको छ। माग गरिएका पदमा इन्जिनियर, लेखा अधिकृत, प्रशासनिक अधिकृत, टेलिकम टेक्निसियन, ओभरसियर तथा अन्य प्राविधिक कर्मचारी रहेका छन्।
विज्ञापनअनुसार कम्प्युटर इन्जिनियर १० जना, सहायक प्रशासनिक अधिकृत नौ जना र टेलिकम टेक्निसियन नौ जना माग गरिएको छ। त्यस्तै, विभिन्न तहका अन्य पदमा पनि कर्मचारी भर्ना गरिनेछ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। नियमित शुल्क तिरेर मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समय छुटेमा दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म आवेदन दिन पाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे