
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न निर्देशन दिएका छन्। उनले भ्रमणबाट नेपालको राष्ट्रिय हित र विकासमा फाइदा पुग्ने विषयमा ध्यान दिन आग्रह गरेका हुन्।
नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन रास्वपाका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए।
भेटपछि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले चीनबाट प्रविधि, व्यापार, पर्यटन, आर्थिक विकास र कृषिको आधुनिकीकरणमा लाभ लिन सकिने विषयमा अध्ययन गर्न सुझाव दिएको बताए।
उनका अनुसार भ्रमणमा नेपाल–चीन सीमा विवादबारे भने छलफल हुने छैन। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा टोली आइतबार चीन प्रस्थान गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे