• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति २०८३ जारी, पुँजी र जोखिम व्यवस्थापनमा कडाइ

४१ मिनेट अघि
२

बीमा सर्भेयर छनोटमा स्वचालित प्रणाली लागू, कम्पनीको मनोमानी रोक्ने तयारी

२ घण्टा अघि
३

सर्वोच्च अदालतका ३४ कर्मचारीको काज सरुवा

२ घण्टा अघि
४

पुँजी बजार सुधारबारे अर्थ समितिमा छलफल,लगानीकर्ता तथा सरोकारवालाले गरे सुधारको माग

२ घण्टा अघि
५

एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

३ घण्टा अघि
६

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

१ दिन अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै

१ दिन अघि
८

बन्द उद्योग खोल्दैमा मात्र हुँदैन, खुलेका उद्योग पनि जोगाउनुपर्छ:निशा डाँगी

१ दिन अघि
९

प्रधानमन्त्रीसँग कोषको नाम परिवर्तनबारे जवाफ माग्दै खरेल

१ दिन अघि
१०

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन

१ दिन अघि
११

प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी नदिएको आरोप

१ दिन अघि
१२

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुरामले भने,सुशासनका नाममा ठूला भ्रष्टाचार प्रकरणमा सरकार पछि हटेको हो

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (२ घण्टा अघि)

पुँजी बजार सुधारबारे अर्थ समितिमा छलफल,लगानीकर्ता तथा सरोकारवालाले गरे सुधारको माग

  • 572 Views
  • काठमाडौँ । नेपालको पुँजी बजारलाई थप चलायमान बनाउन विद्यमान कानुनी तथा संस्थागत संरचनामा सुधार गर्नुपर्ने विषय प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा उठेको छ। अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलगायत नियामक निकायले विभिन्न नीति, नियम तथा कानुनी व्यवस्था परिवर्तन गर्दै आए पनि दोस्रो बजार अपेक्षाअनुसार विस्तार हुन नसकेको भन्दै बैठकमा लगानीकर्ता तथा सरोकारवालाले सुधारका विभिन्न सुझाव दिएका हुन्।

    छलफलमा सहभागी लगानीकर्ता प्रतिनिधिहरूले करिब दुई दशक पुरानो कानुनी संरचनाका कारण आधुनिक पुँजी बजारका आवश्यकता सम्बोधन हुन नसकेको दाबी गर्दै तत्काल नयाँ धितोपत्र ऐन ल्याउन माग गरेका छन्। डिम्याट, अनलाइन कारोबार, बुक बिल्डिङ र मार्जिन कारोबारजस्ता आधुनिक प्रणाली सञ्चालनमा आइसके पनि बजार अझै पुरानो कानुनी संरचना र विभिन्न निर्देशिकाका आधारमा सञ्चालन भइरहेको उनीहरूको भनाइ थियो।

    सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले संस्थापक लगानीकर्ताले कम्पनीलाई बलियो बनाउनेभन्दा सेयर बिक्री गरेर बाहिरिने प्रवृत्तिले दोस्रो बजारमा आपूर्ति चाप बढाएको टिप्पणी गरे। उनले प्राकृतिक विपत्तिलाई मात्र सेयर बजारको गिरावटको कारणका रूपमा प्रस्तुत गर्नु उचित नहुने धारणा राख्दै संस्थापक सेयरको बिक्री तथा लकइन अवधि समाप्त हुने समयसँग सम्बन्धित व्यवस्थामा पुनरावलोकन आवश्यक रहेको बताए।

    पाण्डेले विशेषगरी जलविद्युत् तथा उत्पादनमूलक क्षेत्रका संस्थापक लगानीकर्ताले तीन वर्षको लकइन अवधि समाप्त भएपछि ठूलो मात्रामा सेयर बिक्री गर्दा बजारमा आपूर्ति बढ्ने गरेको बताए। लकइन अवधि खुल्न लागेका कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रवृत्तिमा समेत नियन्त्रण आवश्यक रहेको उनको भनाइ थियो।

    नेटवर्थ १०० रुपैयाँभन्दा बढी भएका कम्पनीलाई मात्र सेयर निष्कासन गर्न दिने तयारी सकारात्मक भए पनि बुक बिल्डिङ वा प्रिमियम जुनसुकै विधिबाट सेयर निष्कासन गरिए पनि सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था गर्नुपर्ने पाण्डेले सुझाव दिए। दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको लगानी सुरक्षणका लागि बैंक कर्जामा जस्तै उपयुक्त संयन्त्र बनाउनुपर्ने तथा ठूला लगानीकर्तालाई निरुत्साहित गर्ने नीति अवलम्बन गर्न नहुने उनको धारणा थियो।

    नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले पुँजी बजार आधुनिक चरणमा प्रवेश गरिसके पनि कानुनी व्यवस्था पुरानै अवस्थामा रहेको भन्दै नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले विद्यमान कानुनमा रहेको कमजोर दण्ड तथा जरिवानाको व्यवस्थाले भित्री कारोबारलगायतका वित्तीय अपराध नियन्त्रण गर्न कठिन हुने दाबी गरे।

    कँडेलले ठूलो रकमसँग जोडिएका वित्तीय अनियमितता तथा भित्री कारोबारका घटनाको प्रभावकारी अनुसन्धानका लागि धितोपत्र बोर्डलाई आवश्यक कानुनी अधिकार दिनुपर्ने बताए। उनका अनुसार धितोपत्र बोर्डसँग बैंक खातासम्बन्धी कारोबार अनुगमन गर्ने स्पष्ट अधिकार नहुँदा कतिपय शंकास्पद गतिविधि समयमै पहिचान गर्न कठिन भइरहेको छ।

    कुनै सार्वजनिक निष्कासनसम्बन्धी निर्णय अदालतबाट गैरकानुनी ठहरिएमा समेत त्यसबाट प्रभावित लगानीकर्तालाई राहत दिने स्पष्ट संयन्त्र नहुनु समस्या रहेको कँडेलले बताए। धितोपत्र बोर्डको अध्ययनमा ४३ मध्ये २० जलविद्युत् कम्पनीमा संस्थापक सेयर बिक्री भएको उल्लेख गर्दै उनले लकइन अवधिमा सेयर बिक्री मात्र नभई सबै प्रकारका हस्तान्तरणमा समेत स्पष्ट रोक लगाउनुपर्ने माग गरे।

    उनले गत असोज ४ गते साइबर आक्रमणका कारण पुँजी बजारको कारोबार प्रभावित भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै बजारको साइबर सुरक्षा प्रणाली थप बलियो बनाउनुपर्ने बताए। साथै, नियामकलाई शंकास्पद बैंक कारोबारसम्बन्धी सूचना हेर्न सक्ने कानुनी अधिकार दिन तथा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङको कार्यक्षेत्र ऐनमै स्पष्ट रूपमा तोक्नुपर्ने उनको सुझाव थियो।

    कँडेलले नयाँ धितोपत्र ऐन निर्माणका लागि समयसीमा तोकेर प्रक्रिया अघि बढाउन तथा नयाँ ऐन नआएसम्म तीन महिनाभित्र सुधारका कामको प्रगति प्रतिवेदन तयार गर्न समितिसमक्ष आग्रह गरे। उनले संघका तर्फबाट तयार पारिएको ४३ दफाको प्रस्तावित धितोपत्र ऐनको मस्यौदा तथा विस्तृत अध्ययन प्रतिवेदनसमेत अर्थ समितिलाई हस्तान्तरण गरेका थिए।

    बैठकमा सेयर बजारविज्ञ अजयकुमार श्रेष्ठले पुँजी बजारमा नयाँ उपकरण थप्नेभन्दा पहिले प्राविधिक तथा संस्थागत पूर्वाधार पर्याप्त बलियो बनाउने विषयमा नियामकले स्पष्ट प्राथमिकता तय गर्नुपर्ने बताए। उनले बजार विस्तारका लागि नियामक निकायको प्राथमिकता र रणनीतिबारे स्पष्टता आवश्यक रहेको धारणा राखे।

    श्रेष्ठले म्युचुअल फन्डलाई दिइँदै आएको सरकारी सहुलियतबारे समेत पुनरावलोकन गर्नुपर्ने तथा संस्थापक सेयरको कारोबारमा निश्चित सीमा तोक्नुपर्ने सुझाव दिए। साथै, संस्थापक सेयरको मूल्य अंकित मूल्यभन्दा तल झरेर कारोबार गर्न नपाउने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।

    नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरिबहादुर केसीले धितोपत्रसम्बन्धी विभिन्न नियमावली तथा व्यवस्था समयमै राजपत्रमा प्रकाशित नहुने प्रवृत्तिले बजारमा अन्योल सिर्जना गर्ने गरेको बताए।

    नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष शिवप्रसाद चौलागाईंले परियोजनाले कम्तीमा २५ प्रतिशत प्राथमिक सेयर निष्कासन गर्नुपर्ने सुझाव दिए। व्यक्तिगत जमानीमा रहेका तथा सञ्चालकबाहेकका अन्य सेयरलाई सूचीकरण भएको दिनदेखि नै कारोबारयोग्य बनाउने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।

    बैठकमा सहभागी लगानीकर्ता तथा बजारसम्बद्ध प्रतिनिधिहरूले पुँजी बजारको दिगो विकासका लागि कानुनी सुधारसँगै नियामक क्षमता, लगानीकर्ता संरक्षण, संस्थागत सुशासन, साइबर सुरक्षा र बजार पूर्वाधारलाई समान रूपमा बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति २०८३ जारी, पुँजी र जोखिम व्यवस्थापनमा कडाइ
    ४१ मिनेट अघि

  • २

    बीमा सर्भेयर छनोटमा स्वचालित प्रणाली लागू, कम्पनीको मनोमानी रोक्ने तयारी
    २ घण्टा अघि

  • ३

    सर्वोच्च अदालतका ३४ कर्मचारीको काज सरुवा
    २ घण्टा अघि

  • ४

    पुँजी बजार सुधारबारे अर्थ समितिमा छलफल,लगानीकर्ता तथा सरोकारवालाले गरे सुधारको माग
    २ घण्टा अघि

  • ५

    एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
    ३ घण्टा अघि

  • ६

    भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट
    १ दिन अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै
    १ दिन अघि

  • ८

    बन्द उद्योग खोल्दैमा मात्र हुँदैन, खुलेका उद्योग पनि जोगाउनुपर्छ:निशा डाँगी
    १ दिन अघि

  • ९

    प्रधानमन्त्रीसँग कोषको नाम परिवर्तनबारे जवाफ माग्दै खरेल
    १ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

    नेपाल नक्सा
    २

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    नेपाल नक्सा
    ३

    प्रतिकूल मौसमको सम्भावना, पर्यटकलाई सावधानी अपनाउन पर्यटन बोर्डको आग्रह

    नेपाल नक्सा
    ४

    राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी

    नेपाल नक्सा
    ५

    चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

    नेपाल नक्सा
    ६

    काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution