
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ। बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने काँग्रेसले जनाएको छ। साथै, संसद्मा काँग्रेसले खेल्ने भूमिका र जनतासँग प्रत्यक्ष जोडिएका विभिन्न समस्याबारे पनि छलफल गरिनेछ।
देशमा पछिल्लो समय भएका राजनीतिक घटनाक्रमलाई हेरेर आगामी दिनमा संसद्मा कसरी अघि बढ्ने भन्नेबारे पनि बैठकले निर्णय गर्ने बताइएको छ।
त्यसैगरी, प्राकृतिक विपद्का कारण उत्पन्न समस्या र सर्वसाधारणले भोगिरहेका तत्कालका समस्याबारे पनि बैठकमा समीक्षा गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे