
काठमाडौँ । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना चार मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले संसदीय दलको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। एमालेका मन्त्रीहरूले अब राजीनामा दिने तयारी गरेका छन्।
एमालेका उपनेता लिलबहादुर थापा मगरका अनुसार नयाँ राजनीतिक परिस्थितिमा अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत अन्य दलसँग छलफल गरिनेछ। अन्य प्रदेशमा एमाले र नेकपाबीच सत्ता सहकार्य सुरु भइसकेकाले गण्डकीमा पनि मिलेर नयाँ सरकार बनाउने प्रयास गरिने उनले बताए।
हाल कांग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मण पाण्डे मन्त्री छन्। उनीहरूले गत वैशाखदेखि क्रमशः भौतिक पूर्वाधार, कृषि, पर्यटन र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे