
काठमाडौँ । तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको हो।
बाढीपछि ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्। हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली र विदेशी नागरिक पनि छन्। विभिन्न जलविद्युत आयोजनामा फसेका नागरिकको समेत हवाई उद्धार गरिएको छ।
बाढीमा परी २६७ जना घाइते भएकामा १५६ जना उपचारपछि घर फर्किएका छन्। बेपत्ताको खोजी र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित २० हजार ८१९ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे