
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछि शव व्यवस्थापन र अवरुद्ध सडक तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहलाई भेट्दै घिसिङले विपद् प्रभावित क्षेत्रको अवस्था र स्थानीय बासिन्दाले भोगिरहेका समस्याबारे जानकारी गराएका हुन्।
घिसिङका अनुसार शव व्यवस्थापनमा ढिलाइ हुँदा स्थानीय बासिन्दा र जनप्रतिनिधिमा असन्तुष्टि बढेको छ। उनले अवरुद्ध सडक छिटो खुलाउन पनि सरकारलाई आग्रह गरेका छन्। भेटमा बाढी तथा पहिरोका कारण विस्थापित भएका बालबालिका, महिला र ज्येष्ठ नागरिकको अवस्थाबारे पनि छलफल भएको थियो। होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई काठमाडौँ ल्याएर उचित व्यवस्थापन गर्ने प्रधानमन्त्री साहले बताएको घिसिङले जानकारी दिए।
उनले विपद् आउनुअघि पर्याप्त तयारी नभएकाले उद्धार र राहतमा समस्या देखिएको बताए। अब सरकार, राजनीतिक दल, स्थानीय तह र नागरिक मिलेर उद्धार, राहत, शव व्यवस्थापन, विस्थापितको सुरक्षा र सडक पुनः सञ्चालनमा तीव्रता दिनुपर्ने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे