• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २८, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

४ घण्टा अघि
२

एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर

६ घण्टा अघि
३

ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड

७ घण्टा अघि
४

प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान

८ घण्टा अघि
५

मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

८ घण्टा अघि
६

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च

१ दिन अघि
७

अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट

२ दिन अघि
८

रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

२ दिन अघि
९

सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा

२ दिन अघि
१०

बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग

२ दिन अघि
११

सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र कार्यअवधिमाथि फेरि प्रश्न

२ दिन अघि
१२

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ भाद्र २८, आईतबार (८ घण्टा अघि)

मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड

  • 806 Views
  • नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको भन्दै त्यसको प्रत्यक्ष असर आम मानिसको दैनिक जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै उनले विश्वमा उत्पन्न हुने कुनै पनि संकट एउटा देशमा मात्र सीमित नरहने भएकाले सदस्य राष्ट्रबीच सहकार्य र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिए।

    मोदीले महामारी, जलवायुजन्य विपद् तथा आपूर्ति शृंखलामा आएका अवरोधले विश्वका देशहरू एकअर्कासँग कति गहिरोसँग जोडिएका छन् भन्ने स्पष्ट पारेको बताए। उनका अनुसार विश्वको कुनै एक स्थानमा उत्पन्न हुने संकटले अन्य मुलुकको अर्थतन्त्र, जनजीवन र आपूर्ति व्यवस्थासमेत प्रभावित पार्न सक्छ।

    सम्मेलनको सुरुवातमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको सामूहिक फोटोसेसन गरिएको थियो। फोटोसेसनमा भारतीय प्रधानमन्त्री मोदीको दायाँतर्फ चिनियाँ राष्ट्रपति सी चिनफिङ र बायाँतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेका थिए।

    ‘ग्लोबल साउथ’को ब्रिक्सप्रति विश्वास बढ्दो

    मोदीले ‘ग्लोबल साउथ’का मुलुकहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको दाबी गरे। ब्रिक्समा विकासशील मुलुकका आवाजलाई सुनिने र उनीहरूका अनुभवलाई महत्व दिइने भएकाले संगठनप्रति विश्वास बढेको उनको भनाइ थियो।

    उनले ब्रिक्सको प्रमुख शक्ति सदस्य राष्ट्रबीच रहेको विविधता र आपसी सहयोग भएको बताए। भारतमा प्रकृतिलाई आमाका रूपमा सम्मान गर्ने परम्परा रहेको उल्लेख गर्दै मोदीले विकास र वातावरण संरक्षणलाई एकअर्काको विरोधीका रूपमा नभई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे।

    संकट व्यवस्थापनका लागि प्रारम्भिक चेतावनी प्रणाली

    विश्वमा बढिरहेका विभिन्न संकटलाई ध्यानमा राख्दै भारतले ब्रिक्स सदस्य राष्ट्रलाई पूर्वतयारी र जोखिम न्यूनीकरणमा जोड दिएको मोदीले बताए। संक्रामक रोगको फैलावट रोक्न तथा त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न ‘ब्रिक्स इन्टिग्रेटेड अर्ली वार्निङ सिस्टम’ निर्माणमा सहमति भएको उनले जानकारी दिए।

    त्यस्तै, विपद् व्यवस्थापनका लागि प्रारम्भिक चेतावनीसँग सम्बन्धित तथ्यांक एकीकृत गर्न आवश्यक दिशानिर्देशसमेत तयार गरिएको उनले बताए। भारतको अध्यक्षतामा ब्रिक्सका गतिविधिलाई लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपन गरी चार प्रमुख विषयमा केन्द्रित गरिएको मोदीको भनाइ थियो।

    साना तथा मझौला व्यवसाय र स्टार्टअपमा जोड

    मोदीले साना तथा मझौला व्यवसायलाई नयाँ बजार, वित्तीय स्रोत र आवश्यक सूचनासँग जोड्न ‘ब्रिक्स एमएसएमई पोर्टल’ सञ्चालनमा ल्याइएको बताए। यसबाट सदस्य राष्ट्रका साना तथा मझौला व्यवसायबीच सहकार्य र बजार पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    उनका अनुसार ‘ब्रिक्स कनेक्ट’मार्फत रोजगारीका लागि आवश्यक सीप विकास, रोजगारी विस्तार तथा महिलाका लागि थप रोजगारीका अवसर सिर्जना गर्ने काम अघि बढाइएको छ।

    ब्रिक्स सदस्य राष्ट्रबीचको आपूर्ति शृंखलालाई थप विश्वसनीय र मजबुत बनाउन ‘ब्रिक्स लजिस्टिक सप्लाई चेन कोअपरेसन फ्रेमवर्क’ले सहयोग गर्ने मोदीले बताए। सदस्य राष्ट्रका स्टार्टअपलाई आपसमा जोड्न ‘ब्रिक्स इन्क्युबेटर नेटवर्क’ स्थापना गर्ने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘ब्रिक्स स्टार्टअप इनोभेसन फन्ड’ प्रस्ताव गरिएको जानकारी पनि उनले दिए।

    नयाँदिल्ली घोषणापत्र स्वीकृत

    ब्रिक्स शिखर सम्मेलनका क्रममा सदस्य राष्ट्रहरूले नयाँदिल्ली घोषणापत्र स्वीकृत गरेका छन्। घोषणापत्रमार्फत विभिन्न अन्तर्राष्ट्रिय विषयमा सदस्य राष्ट्रहरूको साझा धारणा सार्वजनिक गरिएको छ।

    घोषणापत्रमा रुस र चीनसहित ब्रिक्स सदस्य राष्ट्रहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन्। आतंकवादीलाई आश्रय दिने तथा उनीहरूसम्म पुग्ने वित्तीय स्रोत रोक्न सामूहिक रूपमा काम गर्ने प्रतिबद्धतासमेत सदस्य राष्ट्रहरूले व्यक्त गरेका छन्।

    ब्रिक्समा हाल ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, यूएई, साउदी अरब र इन्डोनेसियासहित ११ राष्ट्र सदस्य छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने
    ४ घण्टा अघि

  • २

    एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन संघीय सरकारसँग अनुमति माग्दै महानगर
    ६ घण्टा अघि

  • ३

    ट्राफिक व्यवस्थापनमा एआईसहित आधुनिक प्रविधि विस्तार गर्न आईजीपी कार्कीको जोड
    ७ घण्टा अघि

  • ४

    प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान
    ८ घण्टा अघि

  • ५

    मोदीद्वारा विश्वव्यापी बढ्दो तनावप्रति चिन्ता, संकटसँग जुध्न सामूहिक पहलमा जोड
    ८ घण्टा अघि

  • ६

    अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, लेनदेन र अंशबन्डा पनि उच्च
    १ दिन अघि

  • ७

    अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बौल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
    २ दिन अघि

  • ८

    रावल आयोगले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
    २ दिन अघि

  • ९

    सुनिल शर्माले आर्थिक अभावमा उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा
    २ दिन अघि

  • १०

    बाढीपीडित उद्योगी व्यवसायीलाई पाँच वर्ष कर तथा गैरकर छुट दिन महासंघको माग
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फोर्ब्स इन्डिया ब्राण्ड कनेक्टको २०२६ सूचीमा डब्लुआरसी नेपाल

    नेपाल नक्सा
    २

    नेपाल–रूस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा सामूहिक चित्रकला प्रदर्शनी

    नेपाल नक्सा
    ३

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

    नेपाल नक्सा
    ४

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

    नेपाल नक्सा
    ५

    मनास्लु र लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह

    नेपाल नक्सा
    ६

    ऋण असुलीका नाममा गैरकानुनी गतिविधि गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution