
काठमाडौँ। प्रधान सेनापति महारथी अशोकराज सिग्देल मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका छन्। चिनियाँ पक्षको निमन्त्रणामा उनी २०८३ भदौ २८ देखि असोज ३ गतेसम्म चीनमा रहनेछन्।
नेपाली सेनाका अनुसार भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध, सैन्य सहकार्य तथा आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा दुई देशका सेनाबीच कायम रहेको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। साथै, आपसी हित र सहयोगका क्षेत्र पहिचान गरी आगामी दिनमा सैन्य सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान हुने जनाइएको छ।
प्रधान सेनापति सिग्देलको चीन भ्रमणलाई नेपाल–चीन सैनिक सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यलाई थप मजबुत बनाउने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे