
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक बोलाउने निर्णय प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले गरेको हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने भएका छन्। यसअघि भदौ १० गते बसेको प्रतिनिधि सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ९८७ जनाको शव भेटिएको छ। ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्। उद्धार टोलीले अहिलेसम्म ११ हजार ८१४ जनालाई सुरक्षित स्थानमा उद्धार गरेको प्राधिकरणले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे