• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

१७ मिनेट अघि
२

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

३४ मिनेट अघि
३

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

३५ मिनेट अघि
४

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

५५ मिनेट अघि
५

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

५७ मिनेट अघि
६

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ घण्टा अघि
७

भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

१८ घण्टा अघि
८

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

१९ घण्टा अघि
९

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

२१ घण्टा अघि
१०

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

२२ घण्टा अघि
११

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

२२ घण्टा अघि
१२

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (४ साल अघि)

सरकारलाई राजस्व जनतालाई महँगी

  • 4,594 Views
  • सरकारले इन्धनलाई राजस्व संकलनको मुख्य माध्यम बनाउँदा उपभोक्ता मूल्यवृद्धिको चपेटामा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यवृद्धिको कारण देखाउँदै सरकार उपभोक्तामाथि अनुदार हुँदा पेट्रोलको मूल्य लिटरको १ सय ९९ सय रुपैयाँ र डिजेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। निगमले आइतबार पेट्रोल लिटरमा २१ रुपैयाँ र डिजेल लिटरमा २७ रुपैयाँ मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्दा उपभोक्ताले मूल्यवृद्धिको भारी बोक्नुपरेको हो।

    सरकारले भन्सार, प्रज्ञापन शुल्क, भ्याट, पूर्वाधार कर, सडक मर्मत करसहित पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा र डिजेलमा प्रतिलिटर ४९ रुपैयाँ ५३ पैसा कर उठाउँदै आएको छ। सरकारले ११ महिनाकै अवधिमा इन्धन कारोबारबाट १ खर्ब १० अर्ब राजस्व संकलन गरेको छ। उच्च मूल्यवृद्धिको चपेटामा परेका उपभोक्तालाई कर छुट दिएर राहत दिन सकिने भए पनि चासो देखाइएको छैन। सामान्य अवस्थामा इन्धनबाट राजस्व संकलन गरे पनि अस्वाभाविक मूल्यवृद्धि भएको अवस्थामा इन्धनको कर घटाएर राहत दिनुपर्ने सरोकारवालाले माग गर्दै आएका छन्।

    सरकारले पेट्रोलमा प्रतिलिटर भन्सार र प्रज्ञापन शुल्क २५ रुपैयाँ २३ पैसा, भ्याट २२ रुपैयाँ ८९ पैसा, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ गरी कुल सरकारी राजस्व ६५ रुपैयाँ ६१ पैसा लिँदै आएको छ। त्यसैगरी डिजेल लिटरमा भन्सार र प्रज्ञापन शुल्क १२ रुपैयाँ ३ पैसा, भ्याट २२ रुपैयाँ ९ पैसा, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर २ रुपैयाँ गरी कुल राजस्व ४९ रुपैयाँ ५३ पैसा उठाउँदै आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) को खरिद मूल्य र सरकारी करका कारण आयल निगमको लागत महँगो परेको हो।

    आयल निगम सरकारी स्वामित्वको संस्थान हो। सरकार कर घटाएर उपभोक्तालाई राहत दिन सक्छ। सरकारले केही अगाडि डिजेल र पेट्रोलमा लगाउँदै आएको पूर्वाधार कर लिटरमा १० रुपैयाँ शोधभर्ना गर्नेगरी छुट दिने निर्णय गरेको भए पनि यो अपुग देखिएको छ। निगम सरकारी स्वामित्वको संस्था भएकाले नाफाघाटाको हिस्सेदार सरकार हुनुपर्छ।

    अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिले आयल निगमले चालु आवको ११ महिनामा ५२ अर्ब घाटा बेहोरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाह बताउँछन्। ‘कच्चा तेलको मूल्यवृद्धि र डलरको भाउ बढ्दा त्यसको असर इन्धनमा परेको छ,’ उनले भने, ‘आइओसीबाट इन्धन खरिद गरेको २२ अर्ब रुपैयाँ बक्यौता छ।’ निगम सरकारी कम्पनी भए पनि चल्न नसक्ने अवस्था पुगेको निगमका अधिकारीहरू बताउँछन्।

    पेट्रोलमा प्रतिलिटर खरिद लागत २ सय १२ रुपैयाँ ५८ पैसा र घाटा १३ रुपैयाँ ५८ पैसा रहेको निगमको दाबी छ। त्यसैगरी डिजेलको खरिद लागत लिटरमा २ सय ५ रुपैयाँ ९५ पैसा र घाटा १३ रुपैयाँ ९५ पैसा रहेको निगमको भनाइ छ। त्यस्तै खाना पकाउने ग्यासमा खरिद लागत २५ सय ५१ रुपैयाँ १५ पैसा र घाटा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा रहेको छ। निगमले चालु आर्थिक वर्षको असारसम्म २ खर्ब ९० अर्ब रुपैयाँको इन्धन आयात गरेको छ। त्यसबाट सरकारले १ खर्ब १० अर्ब राजस्व संकलन गरिसकेको छ। इन्धनबाट गत वर्ष ९८ अर्ब राजस्व संकलन गरेको सरकारले यो वर्ष करिब १ खर्ब २० अर्ब राजस्व संकलन गर्ने अनुमान गरिएको छ। मूल्य बढाउँदा पनि १५ दिनमा २ अर्ब ३५ करोड घाटा रहेको निगमको दाबी छ। पछिल्लो समय निगमले १५/१५ दिनमा मूल्य बढाउँदै आएको छ।

    सरकारले राजस्व घटाएर उपभोक्तालाई राहत दिन सक्ने अवस्था रहे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको बहाना देखाउँदै कर असुलिरहेको छ। यसको असर डिजेल, पेट्रोल प्रयोगकर्तामा मात्र नभएर बजारमा समेत परेको छ। इन्धनको मूल्यवृद्धिले बजार शृंखलामा असर पुर्‍याउँछ । सवारी र ढुवानीको भाडा बढ्दा दैनिक उपभोग्यलगायत अन्य वस्तुको पनि मूल्यवृद्धि हुन्छ।

    यता उद्योग वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डे आपूर्ति व्यवस्था सहज पार्न मूल्य बढाउनुपरेको बताउँछन्। ‘आपूर्ति व्यवस्था सहज पार्न मूल्य बढाउनु सरकारको बाध्यात्मक अवस्था हो,’ पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्छ।’ अब पेट्रोलियम पदार्थमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणालीमा जाने पाण्डेको दाबी छ। उनले खाना पकाउने एलपी ग्यासमा मूल्य भने नबढाउने दाबी गरे।

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले बढाउनुपरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए। ‘साउनदेखि पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारीमा छौं,’ थानीले भने, ‘एकैचोटि स्वचालित मूल्य प्रणालीमा जान नसकिने भएकाले मूल्य बढाउँदै लगिएको हो।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    १७ मिनेट अघि

  • २

    प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै
    ३४ मिनेट अघि

  • ३

    करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा
    ३५ मिनेट अघि

  • ४

    भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
    ५५ मिनेट अघि

  • ५

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो
    ५७ मिनेट अघि

  • ६

    रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    १ घण्टा अघि

  • ७

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी
    १८ घण्टा अघि

  • ८

    भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
    १९ घण्टा अघि

  • ९

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    २१ घण्टा अघि

  • १०

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution