
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारसँग जवाफ मागेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारणबारे जानकारी दिन आदेश दिएको हो। प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारलाई २४ घण्टाभित्र लिखित जवाफ बुझाउन भनेको छ। जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्नुपर्नेछ।
यसैगरी, अदालतले भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा प्रहरीले बरामद गरेको भनिएका सामान पनि आगामी सुनुवाइका दिन अदालतमा ल्याउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ। अब सरकारको जवाफ र बरामद सामग्री हेरेपछि अदालतले प्रसाईंको रिटमाथि थप सुनुवाइ गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे