• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ६, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर

२ दिन अघि
२

आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना

२ दिन अघि
३

चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

५ दिन अघि
४

नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

५ दिन अघि
५

कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन

५ दिन अघि
६

मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण

५ दिन अघि
७

दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने

५ दिन अघि
८

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड

५ दिन अघि
९

काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

५ दिन अघि
१०

भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी

६ दिन अघि
११

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

६ दिन अघि
१२

तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

६ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

६ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन ९, शनिबार (५ साल अघि)

किन दिए समाज कल्याण परिषदका पदाधिकारीद्वारा सामूहिक राजीनामा ?

  • 6,045 Views
  • काठमाडौं । समाज कल्याण परिषदका उपाध्यक्षसहितका पदाधिकारीहरुले पदबाट सामूहिक राजीनामा दिएका छन्।

    परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरुले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिएका परिषदका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको बजेट पास गर्न नदिएको र केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका परिषदमा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीको म्याद थप गर्न नदिएपछि आफूहरुले पदबाट राजीनामा दिनुपरेको परिषदका सदस्य सचिव खातीले जानकारी दिए।

    २०५३ सालदेखि अस्थायी, ज्यालादारी र करारमा काम गर्दै आएका सबै कर्मचारीको म्याद थप हुने तर ओली नेतृत्वको सरकारको पालाका कर्मचारीहरुको चाहीँ म्याद थप नहुने अवस्था परिषदको स्थापित मान्यता विपरित भएकाले आफूहरुले सरकारलाई मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको पनि उनले स्पष्ट पारे।

    परिषदका उपाध्यक्ष खतिवडा, कोषाध्यक्ष सुवेदी, सदस्य सचिव खाती, बोर्ड सदस्यहरु नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ र डा. मणिराम बञ्जाडेलाई केपी ओली नेतृत्वको सरकारले २०७७ साल साउन ५ गते परिषदमा नियुक्त गरेको थियो।

    परिषदका सदस्य खातीले भने, ‘विषय ठूला थिएनन्। विषय राजनीतिक पनि थिएन। यति छिट्टै यो निष्कर्षमा पुग्नुपर्छ भन्ने पनि थिएन। दुईटा मात्रै विषय थियो। जुन विषयमा सरकार र हामीबीच फरक मत भयो। एउटा चाहीँ यो परिषदले आफैले बजेट पारित गर्नुपर्ने हुन्छ। त्यसको परिषद बोर्डबाट पारित गर्नुपर्ने हुन्छ। अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री परिषदको अध्यक्ष हुने व्यवस्था छ। सम्माननीय प्रधानमन्त्री आफैं त्यसको अध्यक्ष हुनुहुन्छ। र बैठक बस्नका लागि हामीले आह्वान गर्‍यौं। हामीलाई बैठक राख्ने प्रतिवद्धता जनाइएको थियो। बैठक राख्न दिनुभएन। अथवा बैठक राख्ने परिस्थिति बनेन।

    अर्को कारण चाहीँ यहाँ ३५ जना हाराहारी अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरु हुनुहुन्थ्यो। उहाँहरुको म्याद थपको विषय थियो। हामी म्याद थप गर्नुपर्छ भन्ने विषयमा थियौँ। सरकारले म्याद थप गर्न दिएन। केपी ओली नेतृत्वको सरकारअघि अथवा २०७५ सालअघिका कर्मचारीलाई मात्रै म्याद थप गर्नुपर्छ भन्यो। जुन हामीले १४ महिना काम गर्दाखेरीको मान्यता विपरित थियो। कामै गर्न नदिने परिस्थिति सरकारले बनाएपछि पदबाट राजीनामा दिएका हौँ।’

    शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाई सामूहिक रुपमा राजीनामा बुझाएका उनीहरुले आफ्नो १४ महिने कार्यकालमा सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको क्षेत्रको रुपमा स्थापित गराउने गरी अघि बढाएको, परिषदलाई प्रविधिमैत्री बनाएको र ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गराउने दिशामा आफूहरुले सम्पूर्ण शक्ति परिचालन गरेको दावी समेत गरेका छन्।

    परिषदका उपाध्यक्ष खतिवडाले सामाजिक उद्यमशीलता कोषको स्थापना गरी त्यसैमार्फत् उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा आफूहरुले महत्वपूर्ण काम अघि बढाएको बताए।

    खतिवडाले आफूहरुले परिषदलाई विधिसम्मत ढंगले अघि बढाउन खोज्दा पनि सरकारले नदिएको भन्दै आक्रोशसमेत व्यक्त गरे।आफूहरुमाथि वर्तमान सरकारले राजनीतिक प्रतिशोध लिएको पनि राजीनामा दिएका परिषदका पदाधिकारीहरुको आरोप छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महानवमीका अवसरमा सर्वसाधारणका लागि खुल्यो तलेजु भवानी मन्दिर
    २ दिन अघि

  • २

    आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको विशेष पूजा आराधना
    २ दिन अघि

  • ३

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?
    ५ दिन अघि

  • ४

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल
    ५ दिन अघि

  • ५

    कामना सेवा विकास बैंकद्वारा एआईमा आधारित ‘केएस मित्र’ सेवा सञ्चालन
    ५ दिन अघि

  • ६

    मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावर कम्पनीमाथि विस्तृत अनुसन्धान, २५० सँग स्पष्टीकरण
    ५ दिन अघि

  • ७

    दसैँका कारण कात्तिक १ देखि चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिने
    ५ दिन अघि

  • ८

    बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको तीन करोड ६० लाख डलरभन्दा बढी सहयोग, आर्थिक सुधारमा जोड
    ५ दिन अघि

  • ९

    काँग्रेसको १५ औँ महाधिवेशनको मतगणना सम्पन्न, अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी
    ५ दिन अघि

  • १०

    भूकम्पीय जोखिमबाट हुने क्षति बेहोर्न नेपालले जारी गर्ने क्याट बन्ड, २९ अर्बसम्म वित्तीय सुरक्षा जुटाउने तयारी
    ६ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाली र भारतीय सेनाबीच सैन्य सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल

    नेपाल नक्सा
    २

    चिठ्ठा, जुवा र चन्दाको आडमा सम्पत्ति शुद्धीकरणको जोखिम, शङ्कास्पद कारोबार पहिचान गर्न के छ कानुनी व्यवस्था ?

    नेपाल नक्सा
    ३

    तिब्बती भाषा पढाउन देहरादुन लैजाँदै गरिएका २५ बालबालिका भारतीय सीमाबाट फिर्ता, प्रहरीले थाल्यो अनुसन्धान

    नेपाल नक्सा
    ४

    साना तथा मझौला उद्यमलाई नगद प्रवाह र बिलका आधारमा कर्जा दिन महासंघ अध्यक्ष श्रेष्ठको माग

    नेपाल नक्सा
    ५

    बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी शुद्धीकरण उपकरण तथा चिलर सहयोग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution