
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले धादिङको फुर्केखोलामा रहेको मोटरेबल पुल बगाएको छ। पुल बगेपछि धादिङ सदरमुकामको पृथ्वीराजमार्गसँगको सडक सम्पर्क टुटेको छ।
पुल बगेपछि सदरमुकाम आवतजावत गर्न समस्या भएको छ। स्थानीय बासिन्दाले अब सदरमुकाम पुग्न वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था आएको छ। पुलको विकल्प नहुँदा यातायात र दैनिक आवतजावतमा ठूलो समस्या हुने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे