
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने विभिन्न सामानमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। ट्रम्पले क्यानडाले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै यस्तो निर्णय लिएको बताएका छन्। नयाँ शुल्क वाइन, हक्की स्टिक, सिमेन्टलगायत धेरै वस्तुमा लागू हुनेछ भने ऊर्जा, पोटास, आवश्यक खनिज र माछाजस्ता केही वस्तुलाई भने छुट दिइएको छ।
ह्वाइट हाउसका अनुसार यो नियम ३० दिनपछि लागू हुनेछ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यस कदमले दुई देशबीचको व्यापार वार्तामा थप दबाब सिर्जना गरेको बताएका छन्। उनले अमेरिकाको निर्णयलाई दुई देशबीचको व्यापार सम्झौताको उल्लङ्घन भएको दाबी गरेका छन्। यसअघि पनि अमेरिकाले क्यानडाको स्टिल, एल्युमिनियम र अन्य केही वस्तुमा उच्च भन्सार शुल्क लगाएको थियो भने क्यानडाले पनि अमेरिकी सामानमा प्रतिशोधात्मक शुल्क लगाएको छ। पछिल्लो निर्णयले अमेरिका र क्यानडाबीचको व्यापारिक सम्बन्ध अझ तनावपूर्ण बन्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे