• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै

१६ मिनेट अघि
२

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप

३१ मिनेट अघि
३

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

४६ मिनेट अघि
४

मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

१ घण्टा अघि
५

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती

१ घण्टा अघि
६

भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह

१ घण्टा अघि
७

इमरान खानको स्वास्थ्यबारे पाकिस्तानका प्रधानमन्त्रीलाई २१ पूर्वकप्तानको पत्र

१ घण्टा अघि
८

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

१ घण्टा अघि
९

कोसीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

२ घण्टा अघि
१०

प्रतिनिधिसभाको बैठक बस्दै

२ घण्टा अघि
११

मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिँदै, १ बजे प्रदेश सभा बैठक बस्दै

२ घण्टा अघि
१२

स्थानीय तहको आन्तरिक राजस्व हिस्सा ३६ प्रतिशतभन्दा माथि, स्रोत पहिचान र परिचालन अझै कमजोर

८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१२ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१२ महिना अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)

औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक

  • 4,879 Views
  • काठमाडौं–

    औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सके देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिने देखिएको छ ।

    नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणा अनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने नेपाल औषधि उत्पादक संघ ९एपोन० ले माग गर्दै आएको छ ।

    केही वर्षअघिसम्म करिब १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकामा अहिले बढेर झण्डै ५१ प्रतिशत पुगेको र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बन्न सकिने एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डे बताउँछन् । उनी भन्छन्, ‘मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी छौं, यसमा राज्यले पनि सहजीकरण गरिदिनुपर्छ । यसका लागि अनुुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो । त्यसो हुन सक्यो भने यस क्षेत्रमा बाह्य लगानी र प्रविधिसमेत आकर्षण गर्न सकिन्छ ।’ मानिसको स्वास्थ्य जस्तो अत्यन्त महत्त्वपूर्ण क्षेत्रसँग जोडिएको उद्योग धन्दालाई प्रवद्र्धन गर्ने कार्यमा सरकार उदासिन हुन नहुने अध्यक्ष पाण्डेको भनाइ छ ।

    एक तथ्यांकअनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको छ । औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको उनको भनाइ छ । करिब ३० अर्ब बराबरको औषधि विदेशबाट आयात हुन्छ । औषधि उत्पादनका लागि आवश्यक जनशक्ति र आधुनिक प्रविधि भित्र्याएर आयातलाई प्रतिस्थापन गर्न सकिने र यसबाट रोजगारी सिर्जना तथा विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने उहाँको तर्क छ । कम्तीमा आधारभूत औषधि मात्रै पनि स्वदेशमै उत्पादन गर्न सकियो भने औषधिमा ८० प्रतिशत आत्मनिर्भर बन्न सकिन्छ ।

    बंगलादेशले १७० देशमा औषधि निर्यात गर्ने गर्दछ । औषधि यसको राजस्वको चौथो महत्त्वपूर्ण स्रोत रहेको छ । भारतमा पनि राज्यले विभिन्न ३५ शीर्षकमा विभिन्न सहुलियत दिएको छ । यहाँ भारत, चीन, बंगलादेश, अमेरिका, युरोपेली मुलुकबाट औषधि आयात हुन्छ । अहिले नेपालमा आयात हुने औषधिको झण्डै ८० प्रतिशत भारतबाट हुने गर्दछ । राष्ट्रिय औषधि नीति–२०५१ ले १० वर्षमा ८० प्रतिशत अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको उनको गुनासो छ । उनले भने, ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७१ ले गुणस्तरीय औषधि र आपूर्ति सुनिश्चिता गरी आन्तरिक उत्पादनलाई बढावा दिने र १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै खरिद गर्न सकिने व्यवस्था गरेको थियो । तर, त्यो पनि कार्यान्वयनमा आएन ।’

    औषधि परीक्षणका लागि यहाँका अधिकांश उद्योगका आफ्नै प्रयोगशाला छन् । अधिकांश ती उद्योग अहिले पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । औषधिको गुणस्तर विश्वभर नै एउटै खालको हुनुपर्दछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै हरेक औषधि उत्पादन हुने गर्छ । मानवीय उपचारमा प्रयोग हुने वस्तुलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेर उत्पादनमा सहुलियत दिनुपर्ने उनको भनाइ छ ।

    नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरका औषधि उत्पादन हुने गरेको दाबी गर्दै उनले खुला सिमानाका कारण पनि नेपालमा उत्पादन भएका औषधि छिमेकी मुलुकमा अवैध रुपमा निर्यात हुन सक्ने सम्भावना रहेकाले नेपालमै खपत हुने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । स्वदेशी औषधि उद्योगको संख्या र उत्पादन दुवै बढेको छ ।

    विसं २०४६ मा स्थापना भएको संघमा हाल ६६ उद्योग आवद्ध छन् भने १०÷१२ वटा आवद्ध हुने प्रक्रियामा छन् । नेपाल जडीबुटीबाट उत्पादन गर्न सकिने थुप्रै आयुर्वेद तथा अन्य वैकल्पिक उपचार पद्धतिमा प्रयोग गरिने औषधिमा पनि विश्वमै अग्रस्थानमा रहेकाले त्यस्ता औषधिको उत्पादन र बजारीकरणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘भारतमा पतञ्जलिले ठूलो आम्दानी गर्न सकेजस्तै नेपालले पनि हर्बल मेडिसिनबाट राम्रो लाभ लिन सक्दछ,’ उनले भने ।

    लोमस ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष पाण्डेले कोही पनि नेपाली औषधिको अभावमा मर्न नपरोस् भन्ने उद्देश्यले गाउँगाउँसम्म औषधि उपलब्ध गराउन जोड दिइएको बताए । उनका अनुसार सो कम्पनीले हाल हर्मोन, सुईजन्य लगायतका विभिन्न ४०० किसिमका सामान्यदेखि अत्याधुनिक खालका औषधि उत्पादन गर्ने गरेको छ । कतिपय औषधि अफ्रिका, एसियालगायत १२–१३ देशमा निर्यातसमेत हुने गरेको उनको भनाइ छ ।

    हाल नेपाली बजारमा आयात तथा उत्पादन नै भएका कतिपय औषधिमा पनि म्याद नाघेका कच्चा पदार्थको प्रयोग, प्याकेजिङ्, र लेवलिङ् ले औषधि पहिचान तथा प्रभावकारीतामा चूनौति पनि उतिकै छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    परराष्ट्रमन्त्री खनाल भदौ १४ गते सर्बिया जाँदै
    १६ मिनेट अघि

  • २

    मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेको ह्विप
    ३१ मिनेट अघि

  • ३

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
    ४६ मिनेट अघि

  • ४

    मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप
    १ घण्टा अघि

  • ५

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, विगतमा सरकार आफैंले सर्वोच्चमा दिएको थियो चुनौती
    १ घण्टा अघि

  • ६

    भ्रामक सामाजिक सञ्जाल सामग्रीमाथि निगरानी गर्न बाबुराम भट्टराईको आग्रह
    १ घण्टा अघि

  • ७

    इमरान खानको स्वास्थ्यबारे पाकिस्तानका प्रधानमन्त्रीलाई २१ पूर्वकप्तानको पत्र
    १ घण्टा अघि

  • ८

    लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
    १ घण्टा अघि

  • ९

    कोसीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
    २ घण्टा अघि

  • १०

    प्रतिनिधिसभाको बैठक बस्दै
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    विपन्न लक्षित छात्रवृत्तिमा ७७ करोड खर्च, उपलब्धि मूल्याङ्कन भने भएन

    नेपाल नक्सा
    २

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने उज्यालो नेपालका अध्यक्ष घिसिङको घोषणा

    नेपाल नक्सा
    ३

    रास्वपा संसदीय दलको बैठकमा सरकारको कामबारे छलफल

    नेपाल नक्सा
    ४

    अनुसन्धान र नवप्रवर्तनमा अपेक्षित उपलब्धि हासिल हुन सकेन, समन्वय र लगानी बढाउनुपर्ने

    नेपाल नक्सा
    ५

    माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

    नेपाल नक्सा
    ६

    स्थानीय तहमा कानुनविपरीत करार नियुक्ति, २९२ पालिकाले ४ हजार ५४७ कर्मचारी राखे

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution