
एजेन्सी । सिक्किमको नाम्ची जिल्लामा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङ पहिरोका कारण भत्किँदा कम्तीमा आठ जना कामदारको ज्यान गएको छ। सोमबार भएको घटनामा सुरुङको प्रवेशद्वार पहिरोले थुनिँदा धेरै कामदार भित्रै फसेका थिए। सुरुवाती जानकारीअनुसार करिब २७ जना कामदार सुरुङभित्र रहेको बताइएको थियो। उद्धार टोलीले उनीहरूलाई सुरक्षित निकाल्ने प्रयास गरिरहेको छ। तर सुरुङभित्र ग्यास फैलिएको आशंकाका कारण उद्धार कार्य निकै कठिन बनेको छ। ग्यासका कारण केही उद्धारकर्मीसमेत अस्वस्थ भएका छन्।
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे जानकारी लिँदै आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। पहिरोपछि सुरुङको भित्री संरचना बिग्रिएकाले प्राकृतिक रूपमा ग्यास निस्किएको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्य अझै जारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे