
काठमाडौं: भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन्। उनले बिहीबार राति एक्समार्फत विभिन्न सर्तमा सरकारसँग भएको लामो वार्ता र देशमा सम्भावित हिंसा रोक्न अनशन तोड्ने निर्णय गरेको बताएका हुन्। वाङचुक गत जुन २८ देखि चिकित्सा शिक्षासम्बन्धी नीट (यूजी) परीक्षाको प्रश्नपत्र चुहिएको घटनाको विरोधमा आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा अनशनमा बसेका थिए।
आन्दोलनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका छन्। सुरुमा परीक्षा प्रणालीको पारदर्शिताको मागबाट सुरु भएको आन्दोलन अहिले शिक्षा प्रणाली सुधार र सरकारप्रतिको असन्तुष्टिसँग पनि जोडिएको छ। वाङचुकले अनशन अन्त्य गरे पनि आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाउन सबैलाई आग्रह गरेका छन्। उनले वार्ताका सर्तबारे चाँडै छुट्टै भिडियोमार्फत जानकारी दिने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे