• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत

३ घण्टा अघि
२

कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

१ दिन अघि
३

चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

१ दिन अघि
४

बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर

१ दिन अघि
५

ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना

१ दिन अघि
६

चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना

१ दिन अघि
७

स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक

१ दिन अघि
८

अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर

१ दिन अघि
९

गोविन्द केसीलाई अनसन छाड्न तोसिमा कार्कीको सुझाव

१ दिन अघि
१०

६ करोड ९६ लाखको बाढी चेतावनी प्रणाली अझै अधुरो, प्रभावित समुदाय सूचना पाउनबाट वञ्चित

१ दिन अघि
११

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, शान्तिपूर्ण आन्दोलनको आग्रह

१ दिन अघि
१२

प्रधानमन्त्रीले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार (१ दिन अघि)

कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

  • 533 Views
  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा कर परीक्षण गर्नुपर्ने कुल ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ फाइलको मात्र कर परीक्षण सम्पन्न भएको छ। आन्तरिक राजस्व विभागबाट प्राप्त विवरणअनुसार यो कुल परीक्षण गर्नुपर्ने फाइलको ५४.८५ प्रतिशत हो। बाँकी ३ हजार २५७ फाइल अर्थात् ४५.१५ प्रतिशत फाइलको कर परीक्षण सम्पन्न हुन नसकेपछि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिम्मेवारी सरेको देखिएको छ।

    आयकर ऐन, २०५८ को दफा १०१ मा विभागले संशोधित कर निर्धारण गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०८१/८२ मा कर परीक्षणतर्फ अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ४ हजार ९४३ र चालु आर्थिक वर्षमा छनोट भएका २ हजार २७१ गरी कुल ७ हजार २१४ फाइलको कर परीक्षण गर्नुपर्ने थियो। तर, वर्षको अन्त्यसम्म ३ हजार ९५७ फाइलको मात्र परीक्षण सम्पन्न भएको विवरणमा उल्लेख छ।

    विगत चार वर्षको विवरण हेर्दा कर परीक्षणमा जिम्मेवारी सरेका फाइलको सङ्ख्यामा समेत उल्लेख्य उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा २ हजार २९० फाइल अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका थिए भने १ हजार ७०० फाइल चालु वर्षमा छनोट भएका थिए। कुल ३ हजार ९९० फाइलमध्ये ६ हजार ९७ फाइल कर परीक्षण सम्पन्न भएको र त्यसपछि ६ हजार ९७ फाइल अर्को वर्षका लागि जिम्मेवारी सरेको विवरणमा उल्लेख छ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा अघिल्लो वर्षबाट २ हजार ३३९ फाइल जिम्मेवारी सरेर आएका थिए भने ४ हजार २०० फाइल नयाँ छनोट भएका थिए। कुल ६ हजार ५३९ फाइल परीक्षण गर्नुपर्नेमा ५ हजार २७६ फाइल परीक्षण सम्पन्न भएको र १ हजार २६३ फाइल अर्को वर्षका लागि जिम्मेवारी सरेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ४ हजार ३८० र नयाँ छनोट भएका ४ हजार २०० गरी ८ हजार ५८० फाइलमध्ये ४ हजार ४५० फाइलको परीक्षण सम्पन्न भएको थियो भने ४ हजार १३० फाइल अर्को वर्षका लागि सरेका थिए।

    आर्थिक वर्ष २०८१/८२ मा भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ४ हजार ९४३ र नयाँ छनोट भएका २ हजार २७१ गरी ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ फाइलको मात्र कर परीक्षण सम्पन्न भएको हो। यसअनुसार ३ हजार २५७ फाइल आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन्।

    विभागले तयार गरेको विद्युतीय आन्तरिक अनुगमन प्रणाली (ईआईएमएस) मा देखिएको विवरण र कर परीक्षणका लागि जिम्मेवारी सरेका फाइलको तथ्याङ्कबीच समेत असमानता देखिएको छ। प्रणालीमा आर्थिक वर्ष २०७८/७९ मा आगामी वर्षका लागि जिम्मेवारी सरेका फाइलको सङ्ख्या शून्य देखाइएको भए पनि आर्थिक वर्ष २०७९/८० मा अघिल्लो वर्षबाट २ हजार ३३९ फाइल जिम्मेवारी सरेर आएको देखिएको छ।

    त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा आगामी वर्षका लागि १ हजार २६३ फाइल जिम्मेवारी सार्नुपर्ने देखिए पनि आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको जिम्मेवारीका रूपमा ४ हजार ३८० फाइल सरेका छन्। यसरी ३ हजार ११७ फाइल बढी जिम्मेवारी सरेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा आगामी वर्षका लागि ४ हजार १३० फाइल जिम्मेवारी सार्नुपर्ने देखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको जिम्मेवारीका रूपमा ४ हजार ९४३ फाइल सरेका छन्। यसमा समेत ८१३ फाइल बढी जिम्मेवारी सरेको देखिएको छ।

    कर परीक्षणका लागि जिम्मेवारी सरेका फाइलमा देखिएको यस्तो असमानताबारे गत वर्षको प्रतिवेदनमा समेत औँल्याइएको भए पनि सुधार हुन नसकेको उल्लेख छ। यसले कर परीक्षणको अभिलेख व्यवस्थापन तथा जिम्मेवारी हस्तान्तरण प्रणालीमा थप सुधार आवश्यक रहेको देखाएको छ।

    यसैबीच, व्यवसायिक स्थायी लेखा नम्बर लिएका कुल २१ लाख ४५ हजार ८२० करदातामध्ये आर्थिक वर्ष २०८१/८२ मा ०.१८ प्रतिशत करदाताको मात्र कर परीक्षण भएको देखिएको छ। विभागले जोखिममा आधारित करदाता छनोट प्रणाली अवलम्बन गरे पनि जोखिम सूचकको समयानुकूल पुनरावलोकन नहुँदा एउटै करदाता पटक–पटक कर परीक्षणका लागि छनोटमा पर्ने र कतिपय करदाता लामो समयसम्म छनोटमा नपर्ने अवस्था देखिएको छ।

    यसकारण कर परीक्षणका लागि फाइल छनोट गर्ने विद्यमान प्रक्रिया तथा कर परीक्षण प्रणालीको पुनरावलोकन गरी क्षेत्रगत रूपमा बढी जोखिममा रहेका करदाताको निश्चित अवधिभित्र अनिवार्य रूपमा कर परीक्षण हुने व्यवस्था गर्नुपर्ने देखिएको छ। साथै, कर परीक्षणको जिम्मेवारी सर्ने फाइलको अभिलेख तथा तथ्याङ्कमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत
    ३ घण्टा अघि

  • २

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण
    १ दिन अघि

  • ३

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा
    १ दिन अघि

  • ४

    बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
    १ दिन अघि

  • ५

    ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
    १ दिन अघि

  • ६

    चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना
    १ दिन अघि

  • ७

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक
    १ दिन अघि

  • ८

    अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर
    १ दिन अघि

  • ९

    गोविन्द केसीलाई अनसन छाड्न तोसिमा कार्कीको सुझाव
    १ दिन अघि

  • १०

    ६ करोड ९६ लाखको बाढी चेतावनी प्रणाली अझै अधुरो, प्रभावित समुदाय सूचना पाउनबाट वञ्चित
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    २

    इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो

    नेपाल नक्सा
    ३

    कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

    नेपाल नक्सा
    ४

    चार प्रकारका चाउचाउ बजारबाट तत्काल फिर्ता लिन विभागको आदेश, बिक्री–वितरणमा नगर्न/नगराउन हुन आदेश जारी

    नेपाल नक्सा
    ५

    सञ्चालक समितिदेखि वित्तीय व्यवस्थापनसम्म सरकारी संस्थानमा जवाफदेहिता देखिएन

    नेपाल नक्सा
    ६

    मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक, शिक्षा–स्वास्थ्यको समता शुल्क पूर्ण छुट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution