• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १०, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

३ घण्टा अघि
२

सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

७ घण्टा अघि
३

गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत

१३ घण्टा अघि
४

कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

१ दिन अघि
५

चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा

२ दिन अघि
६

बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर

२ दिन अघि
७

ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना

२ दिन अघि
८

चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना

२ दिन अघि
९

स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक

२ दिन अघि
१०

अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर

२ दिन अघि
११

गोविन्द केसीलाई अनसन छाड्न तोसिमा कार्कीको सुझाव

२ दिन अघि
१२

६ करोड ९६ लाखको बाढी चेतावनी प्रणाली अझै अधुरो, प्रभावित समुदाय सूचना पाउनबाट वञ्चित

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

६ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

३ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

११ महिना अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

११ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (४ साल अघि)

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको युुएनएफपिएको प्रतिवेदन निष्कर्ष

Fund for Population Activities

  • 6,062 Views
  • काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ । उसले हरेक वर्ष विश्व जनसङ्ख्याको स्थितिसम्बन्धी प्रतिवेदन सार्वजानिक गर्दै आएको छ ।

    प्रतिवेदनअनुसार गर्भाधारणबाट प्रभावित भएका महिला तथा किशोरीका लागि गर्भवती हुने वा नहुने भन्ने प्रजनन छनोटको विकल्प नै छैन । आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भाधारणजस्तो अवस्था पनि उनीहरुको छनोटको पहुँचभन्दा बाहिर देखिएको छ, संयुक्त राष्ट्रसङ्घको यौनिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था युुएनएफपिएद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

    सन् २०२२ को प्रतिवेदन अनिच्छित गर्भाधारणको विषयमा केन्द्रित छ । ‘सिइङ द अनसिन – द केश फर एक्सन इन द नेग्लेक्टेड क्राइसिस अफ अनइन्टेन्डेड प्रिग्नेन्सी’ शीर्षक दिइएको छ । यस वर्षको सो प्रतिवेदनले मानवअधिकारको क्षेत्रमा देखिएको यस्तो सङ्कटले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सन् २०१७ को तथ्याङ्कानुसार नेपालमा अनुमानित १२ लाख गर्भाधारण भएकामध्ये झण्डै आधा अनिच्छित गर्भाधारण थियो । यसमध्ये करिब तीन लाख ५९ हजारले गर्भपतन गराए । नेपालमा कानुनी मान्यता प्राप्त गरेको गर्भपतनले मातृ मृत्युदर घटाउन महत्वपूर्ण योगदान गरे तापनि अधिकांश गर्भपतन अहिले पनि अदक्ष सेवा प्रदायक वा गर्भवती महिला आफैँले औषधि वा अन्य कुराको प्रयोग गरी गर्ने गरेका छन् ।

    सुरक्षित गर्भपतन सेवाका लागि अझै पनि धेरै महिला तथा किशोरीले उल्लेखनीयरूपमा संरचनात्मक तथा अनौपचारिक बाधा व्यवधानको सामना गर्नु परिरहेको छ । “यो प्रतिवेदन एउटा ‘वेकअप कल’ हो । अनिच्छित गर्भाधारणमा देखिएको यस्तो अप्रत्यासित सङ्ख्याले महिला तथा किशोरीको सामान्य मानवअधिकार प्रवद्र्धनमा विश्व समुदायको असफलताको प्रतिनिधित्व गर्छ”, युएनएफपिएका कार्यकारी निर्देशक डा नतालिया कनेमको भनाइ छ, “गर्भाधारणबारे आधारभूत निर्णय गर्ने शक्ति महिला तथा किशोरीकै हातमा सुम्पिएर मात्र समाजले महिला तथा किशोरीका लागि मातृत्व अपरिहार्यता नभएर, चाहना भएको सुनिश्चित गर्न सक्छ ।”

    प्रतिवेदनमा विश्वमा गर्भाधारणको चाहना नभएर पनि अनुमानित २५ करोड ७० लाख महिला परिवार नियोजनका सुरक्षित र आधुनिक तरिका प्रयोग गर्दैनन् भन्ने उल्लेख छ । “यसका साथै तथ्याङ्क उपलब्ध भएका ठाउँमा, झण्डै एक चौथाइ विवाहिता महिला यौन प्रस्तावलाई नकार्न सक्दैनन् । अनिच्छित गर्भाधारणलाई महिलाको व्यक्तिगत असफलता मात्र भन्न मिल्दैन, यो त समाजले उनीहरूलाई आफ्नै शरीरमाथिको अधिकारमा दिनुपर्ने स्वायत्तताको अभाव वा समाजले थोपर्ने विभेदकारी मूल्य–मान्यताका कारणले गर्दा भएको हुनसक्छ । दिगो विकासका लक्ष्य २०३० ले महिलाको आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँले निर्णय गर्न सक्ने महिलाको क्षमताको पहिचान गर्छ जब गर्भाधारणको आधा सङ्ख्या आफ्नो इच्छाबमोजिम हुँदैन, यसले हामीलाई महिलाको प्रजनन स्वतन्त्रताप्रतिको उपेक्षित अवस्थाको डरलाग्दो तस्वीर देखाइदिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवेदनले अनिच्छित गर्भाधारणको सङ्ख्या लैङ्गिक असमानता, कमजोर सामाजिक आर्थिक विकास र महिलाको यौन तथा प्रजनन अधिकारमाथिको अवरोधसँग गहिरोरूपमा अन्तर सम्बन्धित रहेको उजागर गर्छ”, प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक डा कनेमको भनाइ छ, “अनिच्छित गर्भाधारणले स्वास्थ्य प्रणालीमा अर्बौँ डलरको भार पार्नुका साथै भावी सन्ततिका लागि समेत अझ खराब परिणाम निम्त्याउँछ ।”

    नेपालमा अधिकांश अनिच्छित गर्भाधारण परिवार नियोजनका आधुनिक सामग्रीको अपरिपूर्त (पूरा हुन नसकेको) मागको परिणाम हो । गर्भाधारण गर्न नचाहने लगभग ४४ प्रतिशत प्रजनन उमेर (१५ देखि ४९ वर्ष)का महिला परिवार नियोजनका आधुनिक विधि प्रयोग गरिरहेका छैनन् । परिवार नियोजनको सेवा विस्तारले महिला तथा उनीहरूको परिवारलाई फाइदा गर्छ । भनिन्छ, परिवार नियोजनको सेवा विस्तारमा खर्च भएको प्रत्येक अतिरिक्त डलरवापत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा दुई डलर बचाउँछ ।

    अझ विशेषगरी किशोरीको अवस्था जोखिमपूर्ण छ । नेपालमा बालविवाह अझै पनि उच्च छ । झण्डै ४१ प्रतिशत किशोरीको विवाह १८ वर्षअगावै भएको छ । किशोरावस्थामा गर्भाधारण गरेका किशोरीमध्ये आधा गर्भाधारण अनिच्छित छ । यसको मुख्य कारण विवाहिता किशोरीमा परिवार नियोजनका सामग्री प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशतमात्रै छ । जबकि राष्ट्रिय औषतमा हेर्दा परिवार नियोजनका सामग्री प्रयोग गर्ने महिलाकोे सम्पूर्ण सङ्ख्या ४३ प्रतिशतसँग छ । विवाहिता किशोरी बच्चा पाउने पारिवारिक दबाबका कारण प्रायः कम उमेरमै आमा बन्छन् । यसले उनीहरू र उनका बच्चालाई उल्लेखनीयरूपमा मृत्यु वा क्षतिको जोखिममा पु¥याइदिन्छ । गर्नुपर्ने जिम्मेवारी यो प्रतिवेदनले शान्तिको समय र सङ्कटका बीचमा महिला तथा किशोरीका अधिकांश आधारभूत अधिकार कति सजिलै निष्क्रिय तुल्याइछन् भन्ने देखाउँछ ।

    प्रतिवेदनले निर्णयकर्ता र स्वास्थ्य संरचनालाई परिवार नियोजनका सामग्रीको पहुँच, स्वीकार्यता, गुण र विविधतामा सुधार गरी अनिच्छित गर्भाधारणको रोकथामलाई प्राथमिकतामा राख्न र गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनामा व्यापक विस्तार गर्न आह्वान गरेको छ ।

    प्रतिवेदनले महिला तथा किशोरीलाई यौन, परिवार नियोजनका सामग्री र मातृत्वका सम्बन्धमा साहसिक निर्णय लिन सक्ने बनाउन तथा महिला तथा किशोरीको महत्व चिन्न सक्ने समाजको प्रवद्र्धन गर्न नीति निर्माता, समुदायको नेतृत्व र सम्पूर्ण व्यक्तिलाई अपिल गरेको छ । साथै उनीहरूले त्यसो गरे भने महिला तथा किशोरी समाजमा पूर्ण योगदान गर्न सक्षम हुनेछन् र उनीहरूसँग आफ्नै चाहनाबमोजिम बच्चा पाउने वा नपाउने भन्ने आधारभूत छनोट गर्न सक्ने सीप, सूचना र शक्ति हुने प्रतिवेदनले औँल्याएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी
    ३ घण्टा अघि

  • २

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश
    ७ घण्टा अघि

  • ३

    गुणस्तर प्रमाण चिन्ह पाएका ५६ उद्योग, ३१ हजारभन्दा बढी फर्ममा कैफियत
    १३ घण्टा अघि

  • ४

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण
    १ दिन अघि

  • ५

    चितवनका ३४ भूमिहीन परिवार बने जग्गाधनी, पाए लालपुर्जा
    २ दिन अघि

  • ६

    बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
    २ दिन अघि

  • ७

    ट्राफिक नियम उल्लङ्घन गरेपछि रास्वपा सांसद बब्लु गुप्तालाई जरिमाना
    २ दिन अघि

  • ८

    चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको भन्दै सांसद बब्लु गुप्ताको आलोचना
    २ दिन अघि

  • ९

    स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातावादलाई पूर्ण रोक
    २ दिन अघि

  • १०

    अमेरिकाले चीन, भारतसहित ६० देशका सामानमा लगायो नयाँ कर
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहद्वारा धरौटी लगायतका असमत बुदाँ लागु गरे जुन सुकै हदसम्म जान सक्ने भन्दै दिए चेतावनी

    नेपाल नक्सा
    २

    कर परीक्षण सुस्त : ७ हजार २१४ फाइलमध्ये ३ हजार ९५७ मात्र परीक्षण

    नेपाल नक्सा
    ३

    सात वर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदै, पहिलो चरणमा आपतकालीन सवारीलाई प्रवेश

    नेपाल नक्सा
    ४

    मेटलाइफ फाउन्डेसनद्वारा बर्दियाका बाढी प्रभावित समुदायका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर सहयोग

    नेपाल नक्सा
    ५

    इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै विश्वकपमा कांस्य पदक जित्यो

    नेपाल नक्सा
    ६

    कोष व्यवस्थापन कम्पनीमा, सेयर अभिलेख अद्यावधिक नहुँदा वास्तविक शेयरधनी यकिन हुन सकेन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution