
काठमाडौँ । गत वर्षदेखि अन्तरिक्षमा घुमिरहेको स्पेस–एक्सको फाल्कन–९ रकेटको करिब ४ टन तौल भएको एउटा भाग बुधबार चन्द्रमामा ठोक्किने भएको छ। यो भाग जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्र अभियानका लागि प्रयोग गरिएको थियो। वैज्ञानिकहरूका अनुसार रकेटको यो भाग करिब ५,४०० माइल प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा ठोक्किनेछ।
यस घटनाबाट पृथ्वीलाई कुनै खतरा नहुने नासाले स्पष्ट पारेको छ। तर चन्द्रमाको सतहमा करिब १८ मिटर चौडा र ४ मिटर गहिरो नयाँ खाडल बन्ने अनुमान गरिएको छ। टक्करपछि चन्द्रमाको धूलो र साना ढुङ्गा चारैतिर उड्ने भए पनि त्यो पृथ्वीबाट नाङ्गो आँखाले देख्न सकिने सम्भावना कम छ।
वैज्ञानिकहरूले यो घटनालाई अध्ययनको राम्रो अवसरका रूपमा लिएका छन्। यसबाट चन्द्रमाको सतहमा हुने प्रभाव, अन्तरिक्षमा रहेका फोहोर (स्पेस जङ्क) को व्यवहार र भविष्यमा यस्ता वस्तुको व्यवस्थापनबारे थप जानकारी प्राप्त हुने विश्वास गरिएको छ। नासा र स्पेस–एक्सले भविष्यमा यस्ता अनियन्त्रित टक्कर हुन नदिन आवश्यक उपायबारे पनि छलफल गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे