
काठमाडौं । बंगलादेशमा करिब ३५ वर्षपछि पहिलोपटक राष्ट्रपतिका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। देशको २३औँ राष्ट्रपति चयन गर्न बिहीबार संसद् भवनमा सांसदहरूले मतदान गर्नेछन्। यसपटक सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्नेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रपति चयनका लागि संसद्का ३४९ सांसदले मतदान गर्न पाउनेछन्। मतदान सकिएपछि तुरुन्तै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी छ। बंगलादेशमा सन् १९९१ पछि राष्ट्रपतिको चुनावमा एकभन्दा बढी उम्मेदवार सहभागी भएको यो पहिलोपटक हो। त्यसयता सबै राष्ट्रपतिहरू निर्विरोध निर्वाचित हुँदै आएका थिए।
संसद्मा बीएनपीको बहुमत भएकाले मिर्जा फखरुल विजयी हुने सम्भावना बलियो छ। तर लामो समयपछि भएको प्रतिस्पर्धात्मक चुनावलाई बंगलादेशको लोकतान्त्रिक अभ्यासमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे