
काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानको स्वास्थ्य बिग्रिएपछि उनलाई जेलबाट अस्पताल लगिएको छ। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि ७३ वर्षीय खानलाई आदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल सारिएको हो। उनलाई शुक्रबार बिहान कडा सुरक्षा व्यवस्थाबीच अस्पताल पुर्याइएको थियो।
सर्वोच्च अदालतले विशेषज्ञ चिकित्सकको टोलीबाट उनको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार गर्न निर्देशन दिएको थियो। खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पनि अस्पताल सारिएको पुष्टि गरेको छ। पार्टीका अनुसार जेलमा लामो समयदेखि उनको स्वास्थ्य कमजोर हुँदै आएको थियो र समयमै उपचार नपाउँदा दाहिने आँखाको दृष्टि निकै घटेको थियो।
यसअघि उनलाई केही पटक सरकारी अस्पताल लगेर परीक्षण गरिए पनि थप विशेषज्ञ उपचार आवश्यक रहेको माग हुँदै आएको थियो। खानको स्वास्थ्यबारे पाकिस्तानमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा समेत चिन्ता व्यक्त गरिएको थियो। १४ जना पूर्वअन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेख्दै खानलाई उचित उपचार र मानवीय व्यवहार गर्न आग्रह गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे