
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्। दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरूले मंगलबार दिउँसो प्रदेश प्रमुखको कार्यालय, बुटवलमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।
एमाले र नेकपाबीच सत्ता सञ्चालनका लागि गठबन्धन बनेपछि नयाँ मन्त्री थपिएका हुन्। यससँगै प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। सरकारले केही पुराना मन्त्रीको जिम्मेवारी पनि परिवर्तन गरेको छ। रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, सन्तोषकुमार पाण्डेयलाई सहरी विकासलगायतका मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे