
काठमाडौँ । अमेरिकी सरकारले करिब २ लाख विदेशी नागरिकको बी१ (व्यापारिक) र बी२ (पर्यटक) भिसा रद्द गर्ने तयारी गरेको छ। यो निर्णय भएमा एकैपटक ठूलो संख्यामा भिसा रद्द भएको पहिलो घटना हुनेछ। खासगरी अमेरिका गएपछि स्थायी रूपमा बस्न शरणका लागि आवेदन दिएका वा दिन लागेका व्यक्तिहरूलाई लक्षित गरिने बताइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार केही मानिसले व्यापार वा घुमफिरका लागि अमेरिका प्रवेश गरेर पछि बसाइ लम्ब्याउन शरण प्रणाली प्रयोग गर्ने गरेका छन्। भिसा रद्द भए पनि उनीहरूलाई तत्काल देशनिकाला गरिने छैन। तर, यसले उनीहरूको शरण आवेदन र कानुनी अवस्थामा असर पार्न सक्छ। अमेरिकाले पछिल्ला १८ महिनामा करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे