
काठमाडौँ । संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा हुनेछ। बैठकमा कानुनमन्त्री सोविता गौतमले नेपाल कानुन आयोगसम्बन्धी संशोधन विधेयक र मेलमिलापसम्बन्धी संशोधन विधेयक अघि बढाउने तयारी छ। उनले समुद्री जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पनि सभामा पेस गर्नेछिन्। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम रोकथामसम्बन्धी विधेयकलाई थप छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नेछन्।
त्यस्तै, राष्ट्रिय सभाको बैठक बिहान १०ः१५ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। दुवै सदनका बैठकमा विभिन्न विधेयक र प्रस्तावमाथि छलफल हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे