
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि (आईटी) क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअप सञ्चालकसँग छलफल गर्दैछन्। अर्थ मन्त्रालयमा हुने छलफलमा आईटी क्षेत्रको विकासका लागि सरकारले बजेटमा ल्याएका नीति, त्यसको कार्यान्वयन र सुधारका विषयमा कुराकानी हुनेछ।
अर्थमन्त्री वाग्लेले युवा उद्यमीले गरिरहेका काम, उनीहरूका समस्या र सरकारले गर्नुपर्ने सहयोगबारे आफ्नो धारणा राख्नेछन्। त्यस्तै, स्टार्टअप सञ्चालकहरूले आईटी क्षेत्रलाई अघि बढाउन आवश्यक नीति, सुविधा र व्यावहारिक सहयोगबारे आफ्ना सुझाव दिनेछन्।
सरकारले युवालाई प्रविधिको क्षेत्रमा व्यवसाय गर्न सहज वातावरण बनाउन के गर्न सक्छ भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। उद्यमीका लिखित र मौखिक सुझाव लिएर आगामी नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे