
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ थियो।
एकै दिन सुन र चाँदीको मूल्य घटेपछि बजारमा यसको प्रभाव परेको छ। सुन किन्ने ग्राहकका लागि भने आजको मूल्य केही सस्तो भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे