
काठमाडौं । सरकारले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले पुर्याएको क्षतिबारे मुख्य रूपमा छलफल हुने सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था र सरकारले चाल्नुपर्ने कदमबारे बैठकमा छलफल हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे