
काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीपछि फसेका एक जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले शुक्रबार दिउँसो शव सुरुङबाट बाहिर निकालेको हो। शवको पहिचान भने खुल्न सकेको छैन।
यसअघि यही सुरुङमा बाढीका कारण फसेका दुई जनालाई १० दिनपछि सकुशल जीवितै उद्धार गरिएको थियो। उद्धार हुनेमा सञ्जय शाह र कविर महर्जन छन्। उनीहरू आयोजनामा क्रमशः मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
सुरुङभित्र अझै केही मानिस फसेको हुनसक्ने आशंका गरिएको छ। उनीहरूको खोजी र उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली निरन्तर खटिएका छन्।
१० दिनसम्म सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि अन्य व्यक्तिलाई पनि सकुशल बाहिर निकाल्न सकिने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र थप मानिसको खोजी जारी राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे