
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि ५६ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सात प्रदेशमध्ये छ प्रदेशका विभिन्न जिल्लामा महाधिवेशन संयोजनको जिम्मेवारी तोकेको हो।
समितिको सम्पर्क कार्यालयका अनुसार कोशी प्रदेशका ९, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन्। मधेश प्रदेशका कुनै पनि जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन।
कोशी प्रदेशमा पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा वसन्त बस्नेतलाई जिम्मेवारी दिइएको छ। मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङ सहसंयोजक छन्। ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा भने संयोजक तोक्न बाँकी छ।
बागमती प्रदेशमा दोलखामा ताराकुमार खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजक तोकिएको छ। दोलखामा जयराज श्रेष्ठ सहसंयोजक छन्। सिन्धुली र काभ्रेपलाञ्चोकमा संयोजक चयन हुन बाँकी छ।
गण्डकी प्रदेशमा गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुनमगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई जिम्मेवारी दिइएको छ। तनहुँ, मुस्ताङ र स्याङ्जामा भने संयोजक तोक्न बाँकी रहेको जनाइएको छ।
लुम्बिनी प्रदेशमा नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह बिष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक बनाइएको छ।
कर्णाली प्रदेशमा डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ। रुकुम पश्चिम र सल्यानमा भने संयोजक चयन हुन बाँकी छ।
सुदूरपश्चिम प्रदेशमा बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर बिष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई जिम्मेवारी दिइएको छ। कैलालीमा रामसमझ राना सहसंयोजक छन्। अछाममा भने संयोजक तोक्न बाँकी रहेको छ।
यसरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा संयोजक तोकिए पनि केही जिल्लामा जिम्मेवारी चयन हुन बाँकी रहेको छ। मधेश प्रदेशका सबै जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन।
डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको तयारी समितिले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। समितिको प्रस्तावित कार्यतालिकाअनुसार मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे