• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

१५ घण्टा अघि
२

लगातारको वर्षाले काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह

१५ घण्टा अघि
३

दसैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, दैनिक ५० भन्दा बढी फर्ममा निरीक्षण

१५ घण्टा अघि
४

राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी

१६ घण्टा अघि
५

विपद्मा मृत्यु तथा बेपत्तासम्बन्धी व्यवस्था व्यवस्थित गर्न कानुन संशोधनको तयारी

१ दिन अघि
६

सरुवा बोर्ड नबन्दा आफूलाई दबाब बढेको सांसद आचार्यको भनाइ

१ दिन अघि
७

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

१ दिन अघि
८

ट्रम्पलाई इरानी राष्ट्रपतिको जवाफ– हामी कहिल्यै घुँडा टेक्ने छैनौँ

१ दिन अघि
९

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

१ दिन अघि
१०

नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

१ दिन अघि
११

बाढीपहिरोपछि पुनःनिर्माणका लागि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक:परराष्ट्रमन्त्री खनाल

१ दिन अघि
१२

शुक्रबार र शनिबार देशभर भारी वर्षाको जोखिम , कुन–कुन जिल्लामा छ जोखिम ?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार (१५ घण्टा अघि)

दसैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, दैनिक ५० भन्दा बढी फर्ममा निरीक्षण

  • 455 Views
  • काठमाडौं । दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ता ठगी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने र त्यसको फाइदा उठाउँदै केही व्यवसायीले म्याद गुज्रिएका वस्तु बिक्री गर्ने, नापतौलमा अनियमितता गर्ने तथा अस्वाभाविक मूल्य निर्धारण गर्ने जोखिमलाई ध्यानमा राख्दै अनुगमन बढाइएको हो।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनसँगै काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउनसमेत आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार व्यवसायीको मागअनुसार चाडपर्वका लागि आवश्यक मालसामान आपूर्तिको अनुमति दिने काम भइरहेको छ। एजेन्सी अनुमति प्राप्त संस्थालाई दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि आवश्यक अनुमति उपलब्ध गराइएको उनले बताए।

    चाडपर्वका बेला वस्तुको माग बढ्दा मूल्यसमेत बढ्न सक्ने भएकाले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापनका विषयमा व्यवसायीसँग निरन्तर छलफल तथा समन्वय भइरहेको विभागले जनाएको छ।

    बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न विभागले सामान्य अवस्थाको तुलनामा अनुगमन टोलीको संख्या बढाएको छ। हाल काठमाडौं उपत्यकामा ११ वटा टोली परिचालन गरिएको सूचना अधिकारी किरातीले जानकारी दिए। उनका अनुसार यी टोलीले करिब एक महिनादेखि दैनिक रूपमा बजार अनुगमन गर्दै आएका छन्।

    प्रत्येक टोलीमा चारदेखि पाँच जनासम्म कर्मचारी रहने गरी ५४ जना कर्मचारी दैनिक बजार अनुगमनमा परिचालन गरिएको विभागले जनाएको छ। सामान्य अवस्थामा तीनदेखि चारवटा टोलीले नियमित बजार अनुगमन गर्ने भए पनि चाडपर्वलाई लक्षित गरी थप टोली परिचालन गरिएको हो।

    विभागमा उपलब्ध जनशक्ति पर्याप्त नभएकाले अन्य सरकारी कार्यालयबाट कर्मचारी काजमा ल्याएर अनुगमन टोली विस्तार गरिएको किरातीले बताए। उनका अनुसार हाल दैनिक ११ वटा टोली बजारमा परिचालन भइरहेका छन् भने एक दिनमा ५० भन्दा बढी फर्मको अनुगमन गर्ने गरिएको छ।

    खाद्य वस्तुको गुणस्तर जाँचमा मोबाइल भ्यान

    चाडपर्वका बेला खाद्य वस्तुको गुणस्तर, तौल तथा स्वच्छतामा हुन सक्ने अनियमितता नियन्त्रण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि बजार अनुगमनलाई प्राथमिकता दिएको छ। विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार खाद्यान्न पसल, गोदाम, डेरी तथा मिठाई पसलमा विशेष निगरानी राख्दै नियमित अनुगमन भइरहेको छ।

    विभागले खाद्य वस्तुको गुणस्तर तत्काल परीक्षण गर्न मोबाइल भ्यानसमेत प्रयोग गरिरहेको छ। मोबाइल भ्यानमार्फत अनुगमनस्थलमै खाद्य वस्तुको सामान्य परीक्षण गर्न सकिने प्रवक्ता शर्माले बताइन्। उनका अनुसार मोबाइल भ्यानबाट सीमित प्रकृतिका परीक्षण मात्र सम्भव हुने भएकाले आवश्यकताअनुसार सातामा दुईदेखि तीन पटक यसको प्रयोग गरी बजार अनुगमन गर्ने गरिएको छ।

    विभागका अनुसार दैनिक दुईदेखि तीनवटा टोली खाद्य बजारको अनुगमनमा खटिने गरेका छन्। अनुगमनका क्रममा गुणस्तरहीन वा दूषित खाद्य वस्तु फेला परेमा नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिन्छ।

    प्रयोगशाला परीक्षण आवश्यक नपर्ने गरी स्पष्ट रूपमा दूषित वा अखाद्य वस्तु फेला परेमा भने सम्बन्धित व्यवसायीविरुद्ध कानुनी कारबाही तथा मुद्दा दर्ताको प्रक्रिया अघि बढाइने प्रवक्ता शर्माले बताइन्।

    उपभोक्ता सचेतनामा जोड

    बजार अनुगमनसँगै उपभोक्तालाई आफ्नो अधिकार र वस्तु खरिद गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउने कामसमेत भइरहेको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाका अनुसार चाडपर्वका बेला उपभोक्ता ठगीमा नपरून् भन्ने उद्देश्यले विभिन्न माध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह भइरहेको छ।

    उनका अनुसार स्थानीय तह, सहकारी संघसंस्था तथा विद्यालयसँग समन्वय र सहकार्य गरी उपभोक्ता अधिकार तथा बजारमा वस्तु तथा सेवा खरिद गर्दा अपनाउनुपर्ने सावधानीसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार
    १५ घण्टा अघि

  • २

    लगातारको वर्षाले काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह
    १५ घण्टा अघि

  • ३

    दसैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, दैनिक ५० भन्दा बढी फर्ममा निरीक्षण
    १५ घण्टा अघि

  • ४

    राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी
    १६ घण्टा अघि

  • ५

    विपद्मा मृत्यु तथा बेपत्तासम्बन्धी व्यवस्था व्यवस्थित गर्न कानुन संशोधनको तयारी
    १ दिन अघि

  • ६

    सरुवा बोर्ड नबन्दा आफूलाई दबाब बढेको सांसद आचार्यको भनाइ
    १ दिन अघि

  • ७

    राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
    १ दिन अघि

  • ८

    ट्रम्पलाई इरानी राष्ट्रपतिको जवाफ– हामी कहिल्यै घुँडा टेक्ने छैनौँ
    १ दिन अघि

  • ९

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल
    १ दिन अघि

  • १०

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ३

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

    नेपाल नक्सा
    ४

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

    नेपाल नक्सा
    ५

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

    नेपाल नक्सा
    ६

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution