
काठमाण्डौँ । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा भएको आक्रमणमा एक नेपालीसहित ११ जना घाइते भएका छन्।
साउदी नागरिक सुरक्षा निकायका अनुसार मंगलबार भएको आक्रमणमा साउदी, नेपाली, भारतीय र इजिप्टका नागरिक घाइते भएका हुन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको विस्तृत परिचय भने सार्वजनिक गरिएको छैन।
साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई आतंकवादी हमला भनेको छ। केही दिनअघि पनि उक्त भवनमा आक्रमण भएको थियो।
गत साताको आक्रमणबाट भएको क्षति मर्मत गर्न कामदारहरू भवनभित्रै रहेका बेला पुनः आक्रमण भएको बताइएको छ। घाइतेमध्ये कम्तीमा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे