
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पुनः आईजीपीमा नियुक्त गर्न माग गर्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उनको मुद्दा न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने तय भएको छ।
सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए। कार्कीको ठाउँमा डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।
यसअघि पनि दुई पटक सुनुवाइका लागि पेसी तोकिए पनि प्रक्रिया पूरा नभएका कारण सुनुवाइ हुन सकेको थिएन।
सर्वोच्चले यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारसँग निर्णयको कारण माग गरेको थियो। साथै, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे