
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रद्द गरिए मधेशमा आन्दोलन हुन सक्ने चेतावनी दिएका छन्। उनले लामो समयदेखि रोकिएको आयोजनालाई अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले यो आयोजना मधेशका किसान र नागरिकका लागि निकै महत्वपूर्ण रहेको बताए। आयोजना रोकिँदा कृषि उत्पादन र मधेशको भविष्यमा असर पर्ने उनको भनाइ थियो।
करिब ६ वर्षअघि सुरु भएको आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ। यसबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना पनि छ।
१३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसके पनि काम अघि नबढेको भन्दै झाले ढिलाइको कारण र आगामी योजनाबारे स्पष्ट जवाफ माग गरेका छन्। पछिल्लो समय निर्माणसम्बन्धी ठेक्का रद्द भएपछि त्यसबारे सार्वजनिक लेखा समितिमा उजुरी परेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे