• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर ७, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान

१७ मिनेट अघि
२

मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद

२४ मिनेट अघि
३

दक्षिण कोरियाली वैज्ञानिकको नयाँ खोज : क्यान्सर कोषलाई स्वस्थ अवस्थामा फर्काउन सकिने

४0 मिनेट अघि
४

करुणा नै सर्वोच्च शक्ति, नि:स्वार्थ सेवा नै साँचो नेतृत्व:प्रधानमन्त्री बालेन

१ घण्टा अघि
५

दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा हुने सुनुवाइ स्थगित

१ घण्टा अघि
६

भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा निर्धक्क लगानी गर्नुहोस्

१ घण्टा अघि
७

भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर, मोदीले गरे स्वागत

२ घण्टा अघि
८

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

२ घण्टा अघि
९

भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शाहको कार्यभार विराजभक्त श्रेष्ठलाई

२२ घण्टा अघि
१०

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ

१ दिन अघि
११

कोप–३१ अन्तिम सम्झौताको तयारीमा, जीवाश्म इन्धन र जलवायु वित्तमा अझै विवाद

१ दिन अघि
१२

प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१0 महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

७ महिना अघि
३

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
४

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
७

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१७ मिनेट अघि)

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान

  • 351 Views
  • काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले इजरायलका लागि नेपालको नवनियुक्त राजदूत तथा महासंघका पूर्वअध्यक्ष सुरेश कुमार कर्णलाई बधाई तथा सम्मान गरेको छ। महासंघले आइतबार काठमाडौंको खुसीबुस्थित सचिवालयमा विशेष कार्यक्रम आयोजना गरी कर्णलाई सम्मान गरेको हो।

    कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका थिए। कर्णले सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व गरेका थिए। उनले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

    कार्यक्रममा बोल्दै क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रको अनुभव र विज्ञता हासिल गरेका व्यक्तिलाई इजरायलजस्तो विश्वप्रसिद्ध नवप्रवर्तन तथा प्रविधिको केन्द्रमा राजदूतका रूपमा नियुक्त गर्नु नेपालको आर्थिक तथा प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। यसले नेपाल र इजरायलबीच प्रविधि तथा आर्थिक सहकार्य विस्तार गर्न नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ थियो।

    त्यसैगरी, क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले कर्णलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्दै नेपाली सूचना प्रविधि क्षेत्रका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपालमा उपलब्ध दक्ष प्रविधि जनशक्ति र इजरायलको विकसित प्रविधि प्रणालीबीच सहकार्यका प्रशस्त सम्भावना रहेको उल्लेख गरे।

    सम्मान ग्रहणपछि मन्तव्य राख्दै नवनियुक्त राजदूत कर्णले क्यान महासंघप्रति आभार व्यक्त गर्दै प्रविधि कूटनीतिमार्फत नेपाल र इजरायलबीचको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा विशेषगरी ज्ञान तथा सीपमा आधारित सेवा निर्यात र द्विपक्षीय सूचना प्रविधि सहकार्यलाई प्राथमिकता दिने बताए।

    कर्णले नेपाललाई सफ्टवेयर इन्जिनियरिङ, साइबर सुरक्षा तथा सूचना प्रविधिसम्बन्धी सेवाका लागि इजरायली कम्पनीहरूको सम्भावित सेवा साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे। साथै, दुवै देशका सूचना प्रविधि उद्योगबीच संस्थागत साझेदारी, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा आधारित नयाँ व्यवसायको विकास तथा अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्ने योजना रहेको बताए।

    कार्यक्रममा क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्वअध्यक्षहरू विजय कृष्ण श्रेष्ठ, विप्लव मान सिंह, ई. विनोद ढकाल, हेमन्त कुमार चौरसिया, निवर्तमान अध्यक्ष रञ्जित कुमार पोद्दार, कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी तथा सचिव दीपेन्द्र पौडेललगायतको उपस्थिति थियो।

    प्रविधि क्षेत्रको अनुभव भएका व्यक्तित्वले इजरायलस्थित नेपाली कूटनीतिक नियोगको नेतृत्व सम्हालेसँगै नेपाली सूचना प्रविधि कम्पनीका लागि वैदेशिक लगानी आकर्षित गर्न, अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारी विस्तार गर्न र विश्व बजारमा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त राजदूत सुरेश कुमार कर्णलाई सम्मान
    १७ मिनेट अघि

  • २

    मोदीले बालेनलाई दिए गंगाजल, बालेनले मोदीलाई दिए पशुपतिनाथको प्रसाद
    २४ मिनेट अघि

  • ३

    दक्षिण कोरियाली वैज्ञानिकको नयाँ खोज : क्यान्सर कोषलाई स्वस्थ अवस्थामा फर्काउन सकिने
    ४0 मिनेट अघि

  • ४

    करुणा नै सर्वोच्च शक्ति, नि:स्वार्थ सेवा नै साँचो नेतृत्व:प्रधानमन्त्री बालेन
    १ घण्टा अघि

  • ५

    दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा हुने सुनुवाइ स्थगित
    १ घण्टा अघि

  • ६

    भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा निर्धक्क लगानी गर्नुहोस्
    १ घण्टा अघि

  • ७

    भारतमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर, मोदीले गरे स्वागत
    २ घण्टा अघि

  • ८

    दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा
    २ घण्टा अघि

  • ९

    भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शाहको कार्यभार विराजभक्त श्रेष्ठलाई
    २२ घण्टा अघि

  • १०

    मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रभु बैंकका चार कर्मचारी कारबाहीमा, दुई बर्खास्त र दुईमाथि विभागीय कारबाही

    नेपाल नक्सा
    २

    बैंकको निक्षेप ब्याजदरमा थप गिरावट, मंसिरमा कुनै बैंकले बढाएनन्

    नेपाल नक्सा
    ३

    एन्फामाथिको निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल

    नेपाल नक्सा
    ४

    मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जाँदै, ५२ सदस्यीय व्यावसायिक टोली पनि सहभागी हुने

    नेपाल नक्सा
    ५

    पहिलो चार महिनामा सरकारको बजेट खर्च २३.३७ प्रतिशत, पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

    नेपाल नक्सा
    ६

    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution