
काठमाडौं । भारतले नेपालको भौतिक पूर्वाधार सुधार तथा पुनर्निर्माणका लागि २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार यस्तो घोषणा गरेका हुन् ।
भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माणका लागि सहयोग गर्ने बताएका थिए । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले भारतको सहयोगमा बन्ने तथा निर्माण सम्पन्न भएका पाँच परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन् ।
त्यसक्रममा दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा एकीकृत जाँच चौकी, झापाको चारआली ग्यास पाइपलाइन र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटनसमेत गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे