
काठमाडौँ । ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा आसपास केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड मापन गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रका बासिन्दाले महसुस गरेका थिए।
भूकम्पका कारण स्थानीय क्षेत्रमा केही क्षति पुगेको हुन सक्ने आशंका रहे पनि त्यसबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। हालसम्म मानवीय क्षति वा भौतिक संरचनामा असर परेको विवरण प्राप्त नभएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे