• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

१५ घण्टा अघि
२

लगातारको वर्षाले काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह

१५ घण्टा अघि
३

दसैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, दैनिक ५० भन्दा बढी फर्ममा निरीक्षण

१६ घण्टा अघि
४

राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी

१६ घण्टा अघि
५

विपद्मा मृत्यु तथा बेपत्तासम्बन्धी व्यवस्था व्यवस्थित गर्न कानुन संशोधनको तयारी

१ दिन अघि
६

सरुवा बोर्ड नबन्दा आफूलाई दबाब बढेको सांसद आचार्यको भनाइ

१ दिन अघि
७

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

१ दिन अघि
८

ट्रम्पलाई इरानी राष्ट्रपतिको जवाफ– हामी कहिल्यै घुँडा टेक्ने छैनौँ

१ दिन अघि
९

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

१ दिन अघि
१०

नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

१ दिन अघि
११

बाढीपहिरोपछि पुनःनिर्माणका लागि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक:परराष्ट्रमन्त्री खनाल

१ दिन अघि
१२

शुक्रबार र शनिबार देशभर भारी वर्षाको जोखिम , कुन–कुन जिल्लामा छ जोखिम ?

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार (१५ घण्टा अघि)

चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार

  • 624 Views
  • काठमाडौं ।वासिङ्टनमा बिहीबार आयोजित भव्य राजकीय रात्रिभोजका क्रममा ट्रम्पले सीलाई उक्त मूर्ति प्रदान गरेका हुन्। उत्तर अमेरिकामा पाइने बाल्ड ईगल अमेरिकाको राष्ट्रिय प्रतीकसमेत हो।

    रात्रिभोजमा सहभागी विशिष्ट अतिथिहरूसामु उपहार सार्वजनिक गर्दै ट्रम्पले उक्त मूर्तिले ‘स्वतन्त्र र उडानशील अमेरिकी भावना’लाई प्रतिनिधित्व गर्ने बताएका थिए। उनले मूर्तिको डिजाइनमा आफू र प्रथम महिला मेलानिया ट्रम्पसमेत सहभागी भएको उल्लेख गरे।

    अन्तर्राष्ट्रिय कूटनीतिमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच उपहार आदानप्रदानलाई औपचारिक भेटवार्ताको एउटा महत्वपूर्ण पक्षका रूपमा लिइन्छ। सामान्य देखिने यस्ता उपहारले दुई देशबीचको सम्बन्ध, सांस्कृतिक प्रतीक र व्यक्तिगत सम्बन्धलाई समेत अभिव्यक्त गर्ने कूटनीतिक सन्देश बोकेको हुन्छ।

    ट्रम्प र सीबीचको तीनदिने शिखर भेटवार्ताको मुख्य उद्देश्य दुई विश्वशक्तिबीचका जटिल विषयमा छलफल गर्नुका साथै दुई नेताबीच व्यक्तिगत सम्बन्धलाई थप सुदृढ बनाउनु पनि रहेको विश्लेषण गरिएको छ।

    एसिया ग्रुपका साझेदार तथा लामो समय अमेरिकी कूटनीतिमा काम गरेका डेनियल क्रिटेनब्रिङ्कले दुई नेताबीच जटिल विषयमा छलफल भए पनि उनीहरू अन्ततः दुई व्यक्ति नै भएकाले व्यक्तिगत सम्बन्धको महत्व रहने बताएका छन्।

    उनका अनुसार दुई नेताबीचको व्यक्तिगत सम्बन्धले अमेरिका–चीन सम्बन्धमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। विशेषगरी चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि व्यक्तिगत सम्बन्धको महत्व रहेको उनको भनाइ छ।

    क्रिटेनब्रिङ्कले ट्रम्प र सीबीच विकसित प्रत्यक्ष सम्बन्धले विश्वकै जटिल र महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्ये एक मानिने अमेरिका–चीन सम्बन्धलाई अघि बढाउन आधार प्रदान गरिरहेको बताएका छन्।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिकाबीचको सम्बन्धलाई स्थिर र रचनात्मक दिशामा अघि बढाउन निरन्तर संवाद, सहकार्य र शान्तिपूर्ण सहअस्तित्व आवश्यक रहेको बताएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणमा रहेका सीले बिहीबार वासिङ्टनस्थित ह्वाइट हाउसमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै दुई देशबीचको सम्बन्धले विश्व विकास र प्रगतिमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। उनले अमेरिकी जनतालाई अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना पनि दिए।

    सीले चीन र अमेरिका दुवै ठूला राष्ट्र भएकाले आपसी सम्बन्धलाई स्थिर दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी रहेको बताए। उनले दुई देशबीच फरक राष्ट्रिय अवस्था भए पनि स्पष्ट, गहिरो र निरन्तर संवादमार्फत एकअर्कालाई बुझ्न, मतभेद व्यवस्थापन गर्न तथा पारस्परिक विश्वास बढाउन सकिने धारणा राखे।

    उनले विदेश मामिला, आर्थिक तथा वित्तीय सहकार्य, कानुन कार्यान्वयन र जनस्तरको आदानप्रदानलगायत क्षेत्रमा दुवै देशका सरकारी निकायबीच सम्पर्क तथा संवाद बढाउनुपर्नेमा जोड दिए। विधायिकाबीचको आदानप्रदानलाई समेत विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

    व्यापार, कृत्रिम बुद्धिमत्ता र प्रत्यक्ष उडानमा सहकार्य

    सीले चीन र अमेरिकाको अर्थतन्त्र तथा हितहरू एकअर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै सहकार्यका लागि पर्याप्त सम्भावना रहेको बताए। चीनले अमेरिकी कम्पनीलाई लगानी तथा व्यवसायका लागि आफ्नो बजार खुला राख्ने उल्लेख गर्दै अमेरिकामा चिनियाँ कम्पनीलाई पनि निष्पक्ष व्यवहार हुनुपर्ने अपेक्षा व्यक्त गरे।

    उनले कृत्रिम बुद्धिमत्ताको विकास र व्यवस्थापनमा दुवै देशसँग क्षमता र जिम्मेवारी रहेको बताए। कृत्रिम बुद्धिमत्ताको विकास मानव नियन्त्रणमा रहनुपर्ने र त्यसबाट जनताको हित सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए।

    लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयनका क्षेत्रमा पनि चीन अमेरिका सहयोग विस्तार गर्न इच्छुक रहेको सीले बताए। त्यस्तै, दुई देशबीच प्रत्यक्ष उडान थप गर्न सके आपसी यात्रा तथा व्यापारलाई सहज बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

    प्रतिस्पर्धा भए पनि द्वन्द्व नहुने वातावरणमा जोड

    चीन र अमेरिकाबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई सीमाभित्र राख्नुपर्ने सीले बताएका छन्। उनका अनुसार दुई देशबीचको प्रतिस्पर्धा एकअर्कालाई पछि पार्ने प्रयासभन्दा स्वस्थ प्रतिस्पर्धाका रूपमा अघि बढ्नुपर्छ।

    उनले चीन र अमेरिकाले द्वन्द्व तथा टकरावबाट टाढा रहनुपर्ने बताउँदै दुवै देशका सेनाबीच नियमित संवाद कायम राख्न र संकटका बेला सञ्चार तथा रोकथामका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे। दुई देशबीचको शक्ति प्रतिस्पर्धाबाट उत्पन्न हुन सक्ने अवस्थालाई जनाउने ‘थुसिडाइड्स ट्र्याप’ पार गर्न सकिने उनको भनाइ थियो।

    पाँच वर्षमा एक लाख अमेरिकी युवालाई चीन भ्रमणको निम्तो

    सीले चीन–अमेरिका सम्बन्धको भविष्य जनस्तरको सम्बन्ध र युवा पुस्तासँग जोडिएको बताएका छन्। दोस्रो विश्वयुद्धका क्रममा चिनियाँ र अमेरिकी नागरिकले फासीवादी आक्रमणविरुद्ध मिलेर लडेको इतिहास स्मरण गर्दै उनले दुई देशका जनताबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

    उनले आगामी पाँच वर्षमा एक लाख अमेरिकी युवालाई चीन भ्रमण तथा अध्ययनका लागि निम्तो दिने घोषणा गरेका छन्।

    एटलान्टा चिडियाखानामा दुई पाण्डा पठाइने

    सीले चीन–अमेरिका जनस्तरीय मित्रताको प्रतीकका रूपमा पाण्डाको समेत चर्चा गरे। उनका अनुसार केही दिनभित्र ‘पिङ पिङ’ र ‘फु श्वाङ’ नामका दुई पाण्डा अमेरिकाको एटलान्टा चिडियाखानामा नयाँ बासस्थानमा पुग्नेछन्।

    सम्बोधनको अन्त्यमा सीले चिनियाँ राष्ट्रको पुनर्जागरणको लक्ष्य र अमेरिकालाई पुनः महान् बनाउने अमेरिकी उद्देश्य एकअर्काको विपरीत नभएको बताएका छन्। उनले दुवै देशले जनताको अपेक्षा पूरा गर्ने गरी मित्रता र सहकार्यलाई अघि बढाउँदै राम्रो विश्व निर्माणका लागि मिलेर काम गर्नुपर्ने आह्वान गरे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चीन–अमेरिका सम्बन्धमा संवाद र सहकार्य बढाउन सी चिनफिङको जोड,ट्रम्पद्वारा सी चिनफिङलाई अमेरिकी राष्ट्रिय पक्षीको मूर्ति उपहार
    १५ घण्टा अघि

  • २

    लगातारको वर्षाले काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह
    १५ घण्टा अघि

  • ३

    दसैँ–तिहार लक्षित बजार अनुगमन तीव्र, दैनिक ५० भन्दा बढी फर्ममा निरीक्षण
    १६ घण्टा अघि

  • ४

    राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमै रोकिए सार्वजनिक सवारी
    १६ घण्टा अघि

  • ५

    विपद्मा मृत्यु तथा बेपत्तासम्बन्धी व्यवस्था व्यवस्थित गर्न कानुन संशोधनको तयारी
    १ दिन अघि

  • ६

    सरुवा बोर्ड नबन्दा आफूलाई दबाब बढेको सांसद आचार्यको भनाइ
    १ दिन अघि

  • ७

    राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
    १ दिन अघि

  • ८

    ट्रम्पलाई इरानी राष्ट्रपतिको जवाफ– हामी कहिल्यै घुँडा टेक्ने छैनौँ
    १ दिन अघि

  • ९

    जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल
    १ दिन अघि

  • १०

    नयाँ डिजाइनसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने महिला पक्राउ

    नेपाल नक्सा
    २

    त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

    नेपाल नक्सा
    ३

    इन्द्रजात्राका लागि वसन्तपुरमा तयारी तीव्र

    नेपाल नक्सा
    ४

    अर्थमन्त्री वाग्ले र भारतीय पक्षबीच बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यबारे छलफल

    नेपाल नक्सा
    ५

    माछापुच्छ्रे बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलायो

    नेपाल नक्सा
    ६

    छ महिनापछि बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उत्साहजनक सहभागिता

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution