
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इजरायलसँगको लामो द्वन्द्वपछि पनि इरान दबाबसामु नझुक्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न भने इरान तयार रहेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको उल्लेख गर्दै पेजेस्कियानले यस्तो दबाबले इरानी जनताको प्रतिरोध अझ बढ्ने दाबी गरे। उनले कुनै पनि सम्झौताका लागि स्ट्रेट अफ होर्मुजमा इरानी पानीजहाजमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग गरे।
पेजेस्कियानले इरान आतंकवादको पीडित भएको दाबी गर्दै द्वन्द्वमा मारिएका नागरिक र बालबालिकाका तस्वीर पनि महासभामा देखाए। इरानी अधिकारीहरूले आक्रमणमा १७५ भन्दा बढी नागरिक मारिएको बताएका छन्। तर अमेरिकाले केही घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे