
काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको गुनासो बढेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले निगरानी र कारबाही प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले देशका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै राजनीतिक गतिविधिमा सहभागी हुने शिक्षकको निगरानी गर्न निर्देशन दिएको छ। कानुनविपरीत गतिविधि गरेको पुष्टि भए कारबाही गर्न पनि भनिएको छ।
मन्त्रालयका अनुसार विभिन्न जिल्लाका करिब १५ शिक्षक राजनीतिक दलका अधिवेशनमा सहभागी भएको तस्वीरसहितको जानकारी प्राप्त भएको छ। शिक्षकले राजनीतिक गतिविधिमा सहभागी हुनु शिक्षा नियमावलीविपरीत हुने मन्त्रालयले जनाएको छ।
दोषी ठहरिएमा बढुवा रोक्ने वा तलबको ग्रेड वृद्धि रोक्नेसम्मको कारबाही हुन सक्नेछ। स्थानीय तहसँग समन्वय गरेर यस्ता घटनामाथि कारबाही अघि बढाउन पनि निर्देशन दिइएको छ।
मन्त्रालयको तथ्यांकअनुसार २०८१ सालमा यस्ता विषयमा ४५ उजुरी परेका थिए। त्यसपछि ४३ शिक्षकसँग स्पष्टीकरण सोधिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे