
काठमाडौँ । आज काठमाडौंसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी क्षेत्रका विभिन्न जिल्लामा नदी तथा खोलाको पानीको सतह बढ्न सक्छ। ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङलगायत पूर्वी जिल्लामा बाढीको जोखिम देखिएको छ। त्यस्तै दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा पनि सतर्क रहन भनिएको छ।
काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन र नवलपरासी पूर्वमा साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। यी क्षेत्रमा अचानक बाढी आउने मध्यम जोखिम भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन र नदी तथा खोलाको आसपास नजान आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे