
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका पीजी विद्यार्थीको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले विद्यार्थीहरू १० दिनदेखि आन्दोलनमा रहेको र कलेज प्रशासनले उनीहरूलाई होस्टेल खाली गर्न तथा कलेज प्रवेश गर्न रोक लगाएको दाबी गरे।
अन्सारीका अनुसार विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितताबारे आवाज उठाएका छन्। उनले कलेजले करिब २५ जना काममा नरहेका प्राध्यापकलाई ‘फेक फ्याकल्टी’ देखाएर पीजी सिट लिएको आरोप लगाए। चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा सुरक्षागार्डलाई बिरामी बनाएर इमर्जेन्सीमा राखिएको दाबी पनि उनले गरे।
अन्सारीले यस्ता गतिविधिका कारण विद्यार्थीको भविष्य प्रभावित हुन नहुने भन्दै सरकारलाई समस्या समाधान गर्न आग्रह गरे। उनले विगतदेखि नै यस्ता समस्या रहेको र प्रभाव तथा दबाबका कारण सम्बन्धित निकायले कारबाही गर्न नसकेको आरोपसमेत लगाए।
उनले विद्यार्थीका माग सम्बोधन गरी चिकित्सा शिक्षामा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे